एमाले बैठक : ओलीले गरे मोबाइल प्रयोगमा निषेध, फोटो-भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने « Khabarhub

एमाले बैठक : ओलीले गरे मोबाइल प्रयोगमा निषेध, फोटो-भिडियो खिच्न र अडियो रेकर्ड गर्न नपाइने


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । ललितपुरको भनिमण्डलस्थित पार्टी प्यालेसमा सुरु भएको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै छन् ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेपछि बैठक सुरु भएको हो । बैठकअघि अध्यक्ष ओलीले सम्बोधन गर्दै केन्द्रीय सदस्यहरूका लागि बैठकमा पालना गर्नुपर्ने कडा नियम सुनाएका छन् ।

ओलीले बैठकमा मोबाइल फोन प्रयोग नगर्न केन्द्रीय सदस्यहरूलाई निर्देशन दिएका छन् । उनले भोलिदेखि बैठक हल बाहिरै मोबाइल राख्ने व्यवस्था गरिने जानकारी दिए ।

‘केन्द्रीय कमिटीको बैठकमा कसैको पनि मोबाइल बिलकुलै नबजोस भन्ने आग्रह गर्छु । भोलिदेखि मोबाइल बैठक हल बाहिर राख्ने काम हुनेछ,’ ओलीले भने ।

उनले बैठकभित्र मोबाइल चलाउने, हेर्ने वा बजाउने अनुमति नहुने स्पष्ट पारे । बैठकमा नेता बोलिरहेका बेला मोबाइलमा कुरा नगर्न र मोबाइल निकालेर भिडियो खिच्न तथा रेकर्ड गर्नसमेत रोक लगाइएको उनले बताए ।

‘मोबाइल रेकर्ड मोडमा राख्न पाइने छैन । भिडियो मोडमा राख्न पाइने छैन । लाइभ गर्न पनि पाइँदैन,’ ओलीले भने, ‘लाइभ गर्नेजति क्यामेराहरूले गर्नेछन् ।’

ओलीले बैठकका क्रममा आफ्नो आसन छाड्दा पनि अध्यक्षको अनुमति लिनुपर्ने र बोल्नुपरे अध्यक्षको ध्यानाकर्षण गराएर अनुमति पाएपछि मात्रै बोल्नुपर्ने नियम सुनाए । विशेष परिस्थितिमा भने अध्यक्षले आवश्यकताअनुसार समय उपलब्ध गराउने उनले बताए ।

गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा एमालेले व्यहोरेको पराजयपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बसेको हो । बैठकमा सबै केन्द्रीय कमिटी सदस्यलाई आफ्नो धारणा राख्न समय उपलब्ध गराइने जनाइएको छ ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ४८ बजे

महासचिव शंकरसँग सम्बन्ध बिग्रिएपछि केन्द्रीय कमिटी बैठक आफैं एक्लै चलाउँदै ओली

काठमाडौं- महासचिव शंकर पोखरेलसँग सम्बन्ध बिग्रिएपछि सोमबारदेखि सुरू केन्द्रीय कमिटी

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान

काठमाडौं– नेपालमा सम्पन्न पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन

कुनै बेला पेले भनेका ओलीसँग एमाले बैठकको सुरूमै कृष्णगोपालको नोकझोंक, स्वयम्सेवकलाई पनि हप्काए

काठमाडौं– कुनै बेला केपी शर्मा ओलीका कडा समर्थक कृष्णगोपाल श्रेष्ठ

अन्तरिक्षमा खेतीको प्रयोग तीव्र पार्दै चीन, १४ प्रजातिका वनस्पति उत्पादन

बेइजिङ- चीनले आफ्नो अन्तरिक्ष केन्द्र ‘थियानगोङ’ मा हालसम्म १४ प्रजातिका २०

रसुवा बाढीबाट प्रभावित बस्तीलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारलाई निर्देशन

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गतको कानुन, न्याय तथा मानव अधिकार समितिले रसुवा