एमाले केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएको दाबी « Khabarhub

एमाले केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्य उपस्थित भएको दाबी


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठकमा ९५ प्रतिशतभन्दा बढी सदस्यको सहभागिता रहेको पार्टीले दाबी गरेको छ ।

ललितपुरको भैंसेपाटीस्थित पार्टी प्यालेसमा सुरु हुन लागेको बैठकमा अधिकांश केन्द्रीय सदस्य उपस्थित रहेको एमाले सचिव शेरधन राईले जानकारी दिए । बैठक सुरु भएपछि हाजिरीमार्फत यकिन उपस्थिति विवरण सार्वजनिक हुने उनले बताए ।

एमालेको केन्द्रीय कमिटीमा ३०१ जना सदस्य छन् । करिब छ महिनापछि केन्द्रीय कमिटी बैठक बस्न लागेकाले बैठकमा नेताहरूको उत्साहजनक सहभागिता रहेको राईले बताए ।

एमालेले केन्द्रीय कमिटीमा युवा तथा अनुभवी नेताहरूलाई समेटेको छ । लामो समयपछि बस्न लागेको बैठकलाई पार्टीभित्र महत्वपूर्ण रूपमा हेरिएको छ ।

विशेषगरी अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ले तयार पारेको प्रतिवेदनमा रहेको नेतृत्व पुनर्गठनसम्बन्धी विषय हटाएपछि उक्त विषय बैठकमा उठ्ने सम्भावना छ । 

अध्यक्ष ओलीले प्रतिवेदनबाट सो विषय हटाए पनि केही नेताहरूले केन्द्रीय कमिटी बैठकमा नेतृत्व पुनर्गठनको विषयलाई प्राथमिकताका साथ उठाउने तयारी गरेका छन्।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  १२ : ४८ बजे

चारसय बढी ग्राहकलाई भूमिगत विद्युतीकरणबाट विद्युत्

चितवन– भरतपुर महानगरपालिकाको सहरी क्षेत्रमा सुरु गरिएको भूमिगत विद्युतीकरणअन्तर्गत ४६०

कांग्रेसको मतगणना द्रूतगतिमा

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ केन्द्रीय कार्यसमिति चयनका

दसैँ मनाउन काठमाडौँबाट बाहिरिने यात्रुको चाप बढ्यो

काठमाडौँ– बडादसैँ नजिकिएसँगै काठमाडौँ उपत्यकाबाट आफ्नो घर फर्किने यात्रुको चाप

चौदण्डीगढी नगरपालिकाबाट सदा समुदायलाई दसैँखर्च सहयोग

उदयपुर– उदयपुरको चौदण्डीगढी नगरपालिकाले नगरभित्रका सदा समुदायलाई दसैँ खर्च उपलब्ध

एक महिलासँगको टेलिफोन अडियो प्रकरणमा सांसद सुनारमाथि रास्वपाबाट छानबिन सुरु

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना सांसद खगेन्द्र सुनारमाथि