एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान « Khabarhub

एक्सट्रीमको ऊर्जासँग नेपाली ई-स्पोर्ट्सको उडान


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालमा सम्पन्न पब्जी मोबाइल प्रतियोगिता पब्जी मोबाइल ग्लोबल ओपन (पीएमजीओ) २०२६ सिजन २ दक्षिण एशिया फाइनलको उपाधि पाकिस्तानको ‘फोर थ्राइभ्स ई-स्पोर्ट्स’ ले जितेको छ । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै फोर थ्राइभ्स ई-स्पोर्ट्सले कुल २०९ अंक हासिल गरी उपाधि विजेता बनेको हो ।

काठमाडौंस्थित दशरथ रंगशालामा आयोजित प्रतियोगितामा दक्षिण एशियाका उत्कृष्ट पब्जी मोबाइल ग्लोबल ओपन टोलीहरूले उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । 

रोमाञ्चक प्रतिस्पर्धाबीच फोर थ्राइभ्स ई-स्पोर्ट्सले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गरेको हो। प्रतियोगितामा नेपालको ‘टी–टु–के ई-स्पोर्ट्स’ टोलीले दोस्रो स्थान हासिल गर्दा ‘होराआ ई-स्पोर्ट्स’ ले तेस्रो स्थान प्राप्त गरेको छ ।

नेपालमा ई-स्पोर्ट्सको विकास र युवा प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यसहित एक्सट्रीम इनर्जी ड्रिंकले प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा सहकार्य गरेको थियो । 
 

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  २ : १३ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका