मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने « Khabarhub

मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– यातायात व्यवस्था विभागले प्रतिकूल मौसमको अवस्था हेरेर मात्रै दसैँको अग्रिम टिकट बुकिङ खुला गरिने जनाएको छ ।  

चाडपर्व लक्षित सार्वजनिक यातायात व्यवस्थापनका विषयमा सोमबार काठमाडौंमा सरोकारवाला निकायसँग छलफल गर्दै विभागले हाल जारी विपद् र केही दिन प्रतिकूल मौसमको अवस्था हेरेर मात्र दसैँको अग्रिम टिकट बुकिङ खुला गर्नु उपयुक्त हुने सरोकारवालाहरूको सुझावअनुसार आवश्यक निर्णय गरिने जनाएको हो । 

साथै चाडपर्वमा चल्ने लामो दूरीका सवारीसाधनको ‘भेहिकल फिटनेस टेस्ट’ औपचारिकतामा मात्र सीमित नगरी कडाइका साथ वास्तविक परीक्षण गरेर मात्र रूट परमिट दिन निर्देशन दिइने विभागका महानिर्देशक राजीव पोखरेलले जानकारी दिए ।

उनले सडक जाम नियन्त्रण, सवारी छुट्ने समयको पालना, तथा राजमार्गका होटल, खाजाघर र शौचालयको गुणस्तर एवं सरसफाइ अनुगमन गर्न गृह मन्त्रालयमार्फत ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूलाई जिम्मेवार बनाइने बताए ।

बाढी र पहिरोका कारण बीपी राजमार्ग वा हेटौँडा जोड्ने बाटो लगायतका राजमार्गहरू तत्काल सफा र मर्मत गर्न पूर्वाधार मन्त्रालयमार्फत सडक विभागलाई पत्राचार गरिने विभागका महानिर्देशक पोखरेलले बताए । 

उनले चाडपर्वको समयमा पेट्रोलियम पदार्थको मूल्य बढे पनि भाडादर नबढ्ने गरी मूल्य स्थिर राख्न उद्योग तथा वाणिज्य मन्त्रालयमार्फत पहल गरिने निर्णय भएको बताए । 

छलफलमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष सरोज सिटौलाले भाडा समायोजन र चाडपर्वमा इन्धन मूल्य स्थिर राख्ने आग्रह गरे । यातायात व्यवस्था विभागले १ वर्षको भाडा समायोजन गरिदिएकोमा प्रशंसा गर्दै केही प्राविधिक त्रुटिहरू सुधार गर्न उनले आग्रह गरे । 

उनले अन्तर्राष्ट्रिय बजारमा मूल्य बढे पनि राज्यले घाटा बेहोरेर भए पनि आजकै मितिबाट चाडपर्वभर पेट्रोलियम पदार्थको मूल्य नबढाउन सुझाव दिए । 

उनले अनलाइन टिकेटिङ र प्रविधिमैत्री सेवा लागू गर्न व्यवसायीहरू तयार भए पनि विभागले स्पष्ट कार्यविधि र प्राविधिक मापदण्ड नबनाएकाले समस्या भएको धारणा राखे ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ४ : ५२ बजे

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी

टाइफुन ‘डुजुआन’ जापानतर्फ बढ्दै, सयौँ उडान रद्द

टोकियो- जापानतर्फ अघि बढिरहेको टाइफुन ‘डुजुआन’ का कारण सोमबार सयौँ उडान

बाढीपीडित नागरिकको सुरक्षा प्राथमिकतामा : मन्त्री बादी

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री