राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित « Khabarhub

राष्ट्रियसभा : ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक’ पारित


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभाबाट ‘सङ्क्रामक पशु रोग (नियन्त्रण) विधेयक, २०८३ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । राष्ट्रियसभाको आजको बैठकमा कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् । 

यसअघि आजै उक्त विधेयक सभामा छलफलका लागि पेस गरिएको थियो । विधेयक छलफलका लागि पेस भई स्वीकृत गरेर पारित गरिएको हो । प्रस्ताव पेस गर्दै मन्त्री चौधरीले रोगको वर्तमान अवस्था, सङ्क्रामक रोग नियन्त्रणका लागि हालको कानुनी व्यवस्था पर्याप्त नभएको, विधेयकको उद्देश्य तथा विधेयकमा समावेश भएका मुख्यमुख्य विषयका सम्बन्धमा जानकारी गराएकी थिइन् ।

विधायन व्यवस्थापन समितिमा यस विधेयकका विभिन्न दफामा सदस्यले संशोधन प्रस्ताव दर्ता गराउनु भई संशोधनमाथि समितिमा भएको दफावार छलफलबाट यस ऐनलाई थप समृद्ध र कार्यान्वयन योग्य बनाइएको छ भन्ने विश्वास लिइएको पनि उनले बताइन् ।

विधेयकमाथिको छलफलमा राष्ट्रियसभा सदस्य प्रेमप्रसाद दङ्गाल, सुरेश आलेमगर, खम्मबहादुर खाती, रामकुमारी झाँक्री, विष्णुबहादुर विश्वकर्मा, सम्झना देवकोटाले भाग लिएका थिए। सभाको अर्को बैठक असोज ८ गते बिहीबार दिउँसो १ः१५ बजे बस्ने अध्यक्ष नारायणप्रसाद दाहालले जानकारी गराए ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : ०५ बजे

राहदानी विभागअगाडि बसमा आगलागी भएको घटनाबारे छानबिन गर्न समिति गठन

काठमाडौं- राहदानी विभागअगाडि ऋद्धिसिद्धी यातायातको बसमा भएको आगलागीको घटनाबारे छानबिन

जनस्वास्थ्य कार्यालयको मूल्यांकनमा किष्ट शिक्षण अस्पताल प्रथम

ललितपुर– जनस्वास्थ्य कार्यालयले स्वास्थ्य सेवा प्रवाह, तथ्यांक व्यवस्थापन तथा विभिन्न

अमेरिकाले फेरि आक्रमण गरे नयाँ लक्ष्यमा प्रहार गर्ने इरानको चेतावनी

तेहरान- इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर्प्स (आईआरजीसी) ले अमेरिकाले आफ्नो देशमाथि

चालक र बससँगै इन्टरनेटको तार जलेपछि राहदानी वितरण रोकियो

काठमाडौं- राहदानी विभागअगाडि चालकले बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गरेपछि

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि