बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन « Khabarhub

बसभित्र आगो लगाउनुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भएको थियो भनाभन


५ आश्विन २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


279
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राहदानी विभाग अगाडि बसभित्रै आगो लगाएर आत्मदाहको प्रयास गर्नुअघि चालक दावा लामा र ट्राफिक प्रहरीबीच भनाभन भएको पाइएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा ऋद्धिसिद्धि यातायातका चालक दावा लामा र प्रहरीको टोलीबीच भनाभन भएको देखिन्छ ।

दावा ललितपुरको बागमती गाउँपालिका-७ निवासी हुन् । अनावश्यक हर्न बजाएको विषयमा चालक लामा र प्रहरीबीच वादविवाद भएको देखिएको छ । ट्राफिक प्रहरीसँग भनाभन भएपछि उनले बसभित्रै आगो लगाएका थिए ।

ट्राफिक प्रहरीसँगको भनाभनका क्रममा चालक लामाले आफूले गल्ती नगरेको भन्दै जरिवाना नतिर्ने अडान राखेका थिए ।

हाल उनको चिन्ताजनक अवस्थामा कीर्तिपुरस्थित बर्न अस्पतालमा उपचार भइरहेको छ । त्रिपुरेश्वरमै यसअघि पठाओ चालक गणेश नेपालीले पनि आत्मदाहको प्रयास गरेका थिए। पछिल्लो घटनाले नागरिक र राज्य संयन्त्रबीचको व्यवहार तथा गुनासो सम्बोधनको अवस्थामाथि समेत प्रश्न उठाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८३, सोमबार  ५ : २० बजे

डेढ–दुई लाखबाट सुरु गरेको खेतीमा ८० लाख लगानी

तेह्रथुम– रोजगारीको खोजीमा गाउँका युवा बर्सेनि विदेशिन थालेपछि ग्रामीण बस्ती

भरूवा बन्दुक बरामद

दैलेख– नौमुले गाउँपालिका-३ स्थित भाडेखोला सामुदायिक वनबाट एकनाले भरूवा बन्दुक ३ थान

कोशी कटानको त्रासमा श्रीलंका टप्पुका बासिन्दा

सुनसरी– बराहक्षेत्र नगरपालिका–६ श्रीलंका टप्पुका बुद्धिमान माझीले सप्तकोशीको बाढी र

अवैध लागूऔषधसहित तीनजना पक्राउ

काठमाडौं– नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बसपार्कबाट नियन्त्रित लागूऔषध ट्रामाडोल ३५ ट्याब्लेट, एनारगन

पक्राउ परेका व्यक्तिलाई जथाभावी हत्कडी नलगाउन सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं- सर्वोच्च अदालतले पक्राउ परेका व्यक्तिलाई बिनाकारण वा जथाभावी हत्कडी