लाओसमा चिनियाँ सैन्य प्रभाव विस्तारपछि दक्षिण-पूर्वी एसियामा चिन्ता « Khabarhub

लाओसमा चिनियाँ सैन्य प्रभाव विस्तारपछि दक्षिण-पूर्वी एसियामा चिन्ता


४ कार्तिक २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- लाओसको बान केन विमानस्थलमा चीनले ‘संयुक्त सहयोग तथा तालिम केन्द्र’ नामक सैन्य संरचना स्थापना गरेपछि दक्षिण-पूर्वी एसियामा चिनियाँ सेनाको उपस्थिति थप विस्तार भएको विश्लेषण गरिएको छ । चिनियाँ रक्षा मन्त्रालयले यसलाई कुनै सैन्य आधार शिविर (बेस) नभनेको र कुनै तेस्रो मुलुकलक्षित नरहेको स्पष्ट पारे तापनि हवाई शक्तिमा केन्द्रित विदेशमा चीनले सार्वजनिक रूपमा स्वीकार गरेको यो नै पहिलो सैन्य सुविधा हो ।

भूउपग्रहबाट प्राप्त तस्बिरहरू अनुसार हाल निर्माणधीन दुई हजार मिटर लामो धावनमार्गमा हल्का आक्रमणकारी विमान तथा सहयोगी सवारी साधनहरू देखिएका छन् । जिबुटी र कम्बोडियाको रिएम नौसैनिक अड्डापछि लाओसको यो केन्द्रले चीनको रसद लजिस्टिक र जासुसी क्षमता बढाउनुका साथै दक्षिण-पूर्वी एसियामा बेइजिङको रणनीतिक पहुँचलाई थप सुदृढ बनाउने देखिन्छ ।

वासिङ्टनका कतिपय नीतिनिर्माताहरूले यसलाई अमेरिका-चीन प्रतिस्पर्धाको रूपमा हेरे तापनि यस क्षेत्रका कम्बोडिया, लाओस, थाइल्यान्ड र भियतनाम जस्ता देशहरूले केवल महाशक्तिहरू बीचको प्रतिस्पर्धाका आधारमा नभई आन्तरिक शासनको सुरक्षा, क्षेत्रीय शक्ति सन्तुलन र छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई ध्यानमा राखेर चीनसँग सुरक्षा सहकार्य गरिरहेका छन् । लाओस, कम्बोडिया र भियतनाम जस्ता देशहरूका लागि चीनले प्रदान गर्ने आन्तरिक सुरक्षा र उच्च प्रविधियुक्त निगरानी प्रविधि महत्त्वपूर्ण मानिन्छ ।

यद्यपि, चीनसँगको बढ्दो सुरक्षा सम्बन्धका बाबजुद यी राष्ट्रहरूले अमेरिका, जापान लगायतका अन्य देशहरूसँग पनि बहुपक्षीय सम्बन्ध कायम राख्दै सन्तुलन मिलाउने (हेजिङ) रणनीति अपनाएका छन् । जानकारहरूका अनुसार यस क्षेत्रमा अमेरिकाले बेइजिङको बढ्दो प्रभावलाई प्रतिवाद गर्न सबै देशहरूलाई एउटै नजरले नहेरी प्रत्येक राष्ट्रको रणनीतिक आवश्यकता र सुरक्षा चासो अनुसार आफ्ना नीतिहरू अघि बढाउनु आवश्यक छ ।

प्रकाशित मिति : ४ कार्तिक २०८३, बुधबार  ६ : २५ बजे

अबको जीवन जनता र लोकतन्त्रका लागि समर्पित गर्छु : देउवा

पोखरा – पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाले आफ्नो

दर्शकदीर्घाको उत्साहपूर्ण साथबीच एनपीएल सम्पन्न

काठमाडौं – चौका र छक्काको वर्षा, अन्तिम समयसम्म कायम जितको

एनपीएल सिजन–३ मा कसले कुन अवार्ड जिते ?

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ को उपाधि सुदूरपश्चिम

मुन्सेले गरे नेपाली क्रिकेट समर्थकको प्रशंसा, भने– वातावरण जादुमयी छ

काठमाडौं – सुदूरपश्चिम रोयल्सलाई नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो उपाधि

एनपीएल सिजन–३ का उत्कृष्ट खेलाडी रिजन ढकालले जिते ओमोडाको कार

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ का उत्कृष्ट नेपाली