आज २०८३ साल मङ्सिर ५ गते शनिबारको राशिफल « Khabarhub

आज २०८३ साल मङ्सिर ५ गते शनिबारको राशिफल


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – २०८३ साल मङ्सिर ५ गते शनिबार सन् २०२६ नोभेम्बर २१ तारिख। कार्तिक शुक्ल पक्षको द्वादशी तिथि। विश्व टेलिभिजन दिवस ।  नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ । मानसम्मान प्राप्त हुनेछ । धन खर्च हुनेछ । उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ । साना कुरामा तर्क नगर्नु राम्रो हुनेछ । परिवारको साथ र सहयोग मिल्नेछ ।

वृष : दिन राम्रो छ । वैदेशिक क्षेत्रको रमझमले आकर्षित गर्नेछ। लगानीको क्षेत्रमा फाइदा हुनेछ । धनको घमण्डले साथीभाइ टाढा हुनेछन् । व्यापारमा गरेको सहयात्राले फाइदा हुनेछ । राजनीतिक संगठनमा राम्रो काम गर्ने अवसर मिल्नेछ ।

मिथुन : दिन राम्रो छ । तपाईंको बोलीकै कारण साथी टाढा काम बन्ने दिन छ । माया मारेको सम्पत्ति हात लाग्नेछ । स्वास्थ्यले साथ दिने योग छ । राजनीतिक संगठनमा अल्पमतमा पर्ने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ ।

कर्कट : दिन राम्रो छ । मनमा शान्ति मिल्नेछ । ठूलो कामको सुरुवात गरेको भए नाफा हुनेछ । व्यापारमा गरेको लगानीबाट फाइदा हुनेछ । विदेशमा भन्दा स्वदेशमा आम्दानीका विकल्प प्राप्त हुनेछ ।

सिंह : तपाईंको योजना सफल बन्नेछ । दीर्घकालीन योजना बनाउन सकिन्छ । परोपकारमा मन जानेछ । कृषि क्षेत्रमा गरेको प्रयासबाट फाइदा हुनेछ । परिवारलाई समय दिन नसक्दा खटपटी बढ्ने जोखिम रहेको छ ।

कन्या : दिन राम्रो छ । सहकर्मीलाई भड्काएर आफूमात्र फाइदा लिने दिन छ । आज साथीसँग सचेत बन्नु राम्रो हुनेछ । रोग प्रतिरोधात्मक क्षमता बढ्नेछ । परिवारमा सुख र शान्ति मिल्नेछ।

तुला : दिन राम्रो छ । कला र गलाको प्रदर्शन गर्ने दिन छ । लगानीका क्षेत्रमध्ये वैदेशिक लगानीमा फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा खुट्टा तान्ने साथी सक्रिय भएकाले सचेत बन्नुुपर्नेछ । राजनीतिक संंगठनमा बढुवा हुनेछ ।

वृश्चिक : दिन राम्रो छ । अग्रजको निर्देशनले मनमा उत्साह बढ्नेछ । राज्यको तर्फबाट सम्मान प्राप्त हुनेछ । परिवारले साथ दिनेछन् । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

धनु : दिन सामान्य छ । साना कुराले मनमा झन्झट आइपर्न सक्छ । साथीसँग तर्क नगर्नु राम्रो हुनेछ । लगानीका क्षेत्र सबल छन् । औषधीमा नियमितता नहुँदा रोगले सताउने जोखिम छ ।

मकर :  दिन सामान्य छ । अनुत्पादक क्षेत्रमा खर्च बढ्नेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्नेछ । बौद्धिक व्यक्ति सँगको भेटले मनमा शान्ति मिल्नेछ । परिवारभित्र धोका हुने भएकाले व्यवहार गर्दा सचेत बन्नुपर्ने देखिन्छ ।

कुम्भ : दिन राम्रो छ। शुभ ग्रहको बहुमत भएकाले साथीभाइ र आफन्तको साथ मिल्नेछ । शिक्षामा गरेको प्रयास सफल हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारमा मनमुटाव हुनसक्छ ।

मीन : दिन सामान्य छ । साथी भाइसँग थोरै बोलेर अगाडि बढ्नु राम्रो हुनेछ । अनुत्पादक क्षेत्रको खर्च कटौती गर्नु राम्रो हुनेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ । व्यापारमा नाफा हुनेछ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ५ : ५० बजे

यस्तो छ आजका लागि तोकिएको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ- नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको

आज २०८३ साल मङ्सिर ५ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल मङ्सिर ५ गते शनिबार सन् २०२६

एनपीएल फाइनल : लुम्बिनी उपाधि जोगाउने, सुदूरपश्चिम इतिहास रच्ने दाउमा

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उपाधिका

भारतसँगको हारपछि सन्दीपले भने : हाम्रो तयारी पूरा थिएन

काठमाडौं – राइजिङ स्टार्स एसिया कपको पहिलो खेलमा भारत ‘ए’

बालेनको भारत भ्रमणबाट अपेक्षा

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको