यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो « Khabarhub

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नारायणगढ– गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । खैरहनी नगरपालिका–१० स्थित कृषक जागरण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमार्फत मेसिन प्रयोग गरी आलु रोपिएको हो ।
 
आलु रोप्ने मेसिन उपलब्ध नहुँदा बाराबाट भारतमा निर्मित मेसिन भाडामा ल्याएर आलु रोपिएको सहकारीका अध्यक्ष कृष्णप्रसाद अर्यालले बताए। 
 
सहकारीमार्फत गत वर्ष २०० बिघामा आलु रोपिएकोमा यस वर्ष १०० बिघामा मात्रै रोपिएको उनले जानकारी दिए। गत वर्षदेखि मेसिनबाट आलु रोप्न थालिएको उल्लेख गर्दै उनले मेसिन प्रयोग गर्दा खर्च कम हुने र काम गर्न सहज हुने बताए।
    
सहकारीमा हाल ८४ किसान आबद्ध छन् । यस वर्ष सहकारीमार्फत रोपिएको १०० बिघामध्ये मेसिनबाट १२ बिघामा आलु रोपिएको उनले जानकारी दिए । मेसिनले आलु र मल एकैसाथ रोप्ने छ।
 
खैरहनी नगरपालिकाकी कृषि शाखा प्रमुख सिर्जना श्रेष्ठका अनुसार खैरहनीमा आलु खेतीको क्षेत्रफल ९६ दशमलव ५ हेक्टर रहेको र उत्पादन एक हजार ८०९ दशमलव ३८ मेट्रिकटन रहेको छ । उनले खैरहनीमा मेसिनबाट आलु रोप्दा उत्पादन राम्रो भएको र एक कठ्ठामा १२ क्विन्टलसम्म फल्ने बताइन्।

खैरहनीमा एलआर गोलो, विदेशी ब्लु डायमण्ड, स्वदेशी कार्डिनल तथा बेल्जियम रातोलगायतका आलु उत्पादन हुने गरेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ७ : ५९ बजे

यसवर्षपनि खैरहनीमा मेसिनबाट आलु रोपियो

नारायणगढ– गत वर्षदेखि सुरुआत गरिएको मेसिनबाट आलु रोप्नेकार्यलाई यस वर्ष

नागढुंगा-मुग्लिन सडक आजदेखि दैनिक ५ घण्टा बन्द

काठमाडौँ – नागढुंगा–मुग्लिन सडक खण्डअन्तर्गत घोप्टेभीरमा शनिबारदेखि दैनिक ५ घण्टा

तीन बिघामा तरकारीखेती गरेका वीरबहादुर, वार्षिक २५ लाख आम्दानी

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका–११ भुजेलाका वीरबहादुर खड्का एक दशकदेखि तरकारीखेती

झापा महिला गोल्डकप आजदेखि, विजेताले ११ लाख पाउने

झापा– एक्स्ट्रिम दोस्रो झापा महिला गोल्डकप २०८३ अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट

प्रहरीका गुनासो सुन्न केन्द्रीय डेस्क स्थापना

काठमाडौँ– नेपाल प्रहरीले आधारभूत तहमा कार्यरत प्रहरी कर्मचारीका समस्या, गुनासा