इरानले ‘डर्टी बम’ बनाइरहेको दाबीबारे ट्रम्पले भने- थाहा छैन « Khabarhub

इरानले ‘डर्टी बम’ बनाइरहेको दाबीबारे ट्रम्पले भने- थाहा छैन


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘डर्टी बम’ निर्माण गरिरहेको भन्ने आशंकासम्बन्धी समाचारबारे आफूलाई यथार्थ जानकारी नभएको बताएका छन् ।

शुक्रबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा ट्रम्पले उक्त दाबी सत्य भए पनि अमेरिकी प्रशासनले त्यसबारे जानकारी प्राप्त गर्ने र यस्तो गतिविधि हुन नदिने बताएका हुन् ।

बीबीसी पर्सियनका अनुसार ट्रम्पले इरानको गतिविधिबारे अमेरिकासँग पर्याप्त सूचना रहेको दाबी गरे । ‘इरानमा के भइरहेको छ भन्नेबारे हामीसँग धेरै जानकारी छ । उनीहरूले जे भने पनि हामी सबै जान्दछौँ । उनीहरू को हुन् र कहाँ छन् भन्ने पनि हामीलाई थाहा छ । यसबारे जानकारी प्राप्त गर्नेछौँ र यस्तो हुन दिनेछैनौँ,’ उनले भने ।

यसअघि अमेरिकी समाचार संस्था सीएनएनले अमेरिकी सुरक्षा निकायको गुप्तचर सूचनालाई उद्धृत गर्दै इरानले ‘डर्टी बम’ निर्माण गरी वासिङ्टनमा विस्फोट गराउने प्रयास गर्न सक्ने आशंकासहितको समाचार सार्वजनिक गरेको थियो ।

यद्यपि, समाचार संस्था रोयटर्सले उक्त रिपोर्टको स्वतन्त्र रूपमा पुष्टि गर्न नसकेको जनाएको छ । इरानी अधिकारीहरूले पनि यस्तो दाबी अस्वीकार गरेका छन् ।

यसैबीच, अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसअघि वासिङ्टनमाथि तत्काल कुनै खतरा नरहेको बताएका थिए ।

‘डर्टी बम’ परम्परागत विस्फोटक पदार्थ प्रयोग गरेर रेडियोधर्मी सामग्री फैलाउने प्रकारको हतियार हो । यो परमाणु बमभन्दा फरक हुन्छ । यसको विस्फोटबाट रेडियोधर्मी पदार्थ वातावरणमा फैलिनुका साथै मानव स्वास्थ्य र वातावरणमा जोखिम उत्पन्न हुन सक्छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १२ : २० बजे

कनक चैत्य महाविहारमा दुर्लभ ‘अयूता हुति महायज्ञ’, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं– काठमाडौंस्थित कनक चैत्य महाविहारमा आयोजना गरिएको दुर्लभ धार्मिक अनुष्ठान

दुई महिनादेखि खत्याड–रारा सडक अझै अवरुद्ध

मुगु– जिल्लाको पश्चिम क्षेत्र खत्याड गाउँपालिकास्थित झुगला–रारा–गमगढी सडक दुई महिनादेखि

इरानले ‘डर्टी बम’ बनाइरहेको दाबीबारे ट्रम्पले भने- थाहा छैन

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले ‘डर्टी बम’ निर्माण

चुनाव जित्न सामाजिक सञ्जाल र प्रविधिको प्रयोग बढाउनुपर्छ : प्रचण्ड

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी निर्वाचनमा

एमसीसीअन्तर्गत ९० किलोमिटर प्रसारण लाइन निर्माण सुरु

काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अन्तर्गत न्यू