आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू)  « Khabarhub

आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू) 


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

पर्वत- कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको चुवा गाउँ अहिले सडक सञ्जालको विस्तारसँगै नयाँ स्वरूपमा देखिन थालेको छ । ऐतिहासिक पैदलमार्गको पहिचान बोकेको चुवा अहिले मध्यपहाडी लोकमार्गसँग जोडिएपछि विकास र विस्तारको नयाँ चरणमा प्रवेश गरेको छ ।

पोखरा–बागलुङ (भूपी शेरचन) राजमार्ग निर्माण हुनुअघि चुवा बुटवल, स्याङ्जा, म्याग्दी, पर्वत र बागलुङ हुँदै मुस्ताङसम्म आवतजावत गर्ने यात्रुका लागि महत्वपूर्ण पैदलमार्ग थियो । थाकखोला–बटौली जाने प्रमुख बाटोका रूपमा रहेको यस मार्ग हुँदै कार्कीनेटासम्म पुग्ने गरिन्थ्यो । त्यसबेला यात्रु, भरिया र सामान बोकेका गधा–खच्चडको आवागमनले गाउँको चहलपहल बढाएको थियो ।

पर्वतको कुश्मा नगरपालिका–८ मा पर्ने चुवाको पुरानो रौनक भने सडक यातायातको विस्तारसँगै क्रमशः घट्दै गयो । २०४० सालपछि पोखरा–बागलुङ राजमार्ग निर्माण भएसँगै पैदलमार्गमा निर्भर आवागमन र व्यापारिक गतिविधि घटे । यससँगै चुवाको पुरानो बाटोको महत्व पनि ओझेलमा पर्दै गयो ।

हाल राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गले चुवालाई छोएको छ । लोकमार्ग आसपास बजार विस्तार हुने क्रम बढेसँगै गाउँको भौतिक स्वरूपमा परिवर्तन देखिन थालेको छ । सडक पहुँच र पूर्वाधार विकासले चुवाको आर्थिक तथा सामाजिक गतिविधिमा समेत नयाँ सम्भावना थपेको छ ।

समुद्री सतहबाट करिब नौ सय मिटर उचाइमा रहेको चुवा भौतिक विकासका साथै प्राकृतिक सुन्दरताका दृष्टिले पनि आकर्षक छ । मौसम सफा भएका बेला गाउँका अधिकांश घरबाट उत्तरतर्फका माछापुच्छ्रे, अन्नपूर्णलगायत हिमशृङ्खला स्पष्ट देख्न सकिन्छ ।

पुरानो पैदलमार्गको ऐतिहासिक महत्व र हिमाली दृश्यावलोकनको प्राकृतिक आकर्षण बोकेको चुवा अहिले सडक विकाससँगै आफ्नो पहिचान र स्वरूप बदलिरहेको छ ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  १ : २५ बजे

आहा पर्वतको चुवा गाउँ (तस्बिरहरू) 

पर्वत- कुनै समय बटुवा, भरिया र गधा–खच्चडको लस्करले गुल्जार हुने पर्वतको

कम उमेर र जबर्जस्ती विवाह अन्त्यका लागि ध्यानाकर्षण

काठमाडौँ– बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप)ले बालअधिकार संरक्षण, बालमैत्री

झापामा जङ्गली हात्तीको आतंक, बाली भित्र्याएपछि पनि भकारी जोगाउने चिन्ता

झापा– जङ्गली हात्तीको बढ्दो आतंकका कारण झापाको उत्तरी क्षेत्रका किसान

युद्धको असर उजागर गर्न हर्मुजमा तीन दिन पौडी खेले पुघले

काठमाडौँ – इरान युद्धका कारण हर्मुज जलघाँटीको समुद्री वातावरण र वन्यजन्तुमा

कनक चैत्य महाविहारमा दुर्लभ ‘अयूता हुति महायज्ञ’, राष्ट्रपति पौडेल सहभागी

काठमाडौं– काठमाडौंस्थित कनक चैत्य महाविहारमा आयोजना गरिएको दुर्लभ धार्मिक अनुष्ठान