परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीकाे शिष्टाचार भेटवार्ता « Khabarhub

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीकाे शिष्टाचार भेटवार्ता


५ मंसिर २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो फुजीसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा नेपाल-जापान द्विपक्षीय सम्बन्ध तथा सहकार्यलाई थप सुदृढ बनाउने विषयमा विचार आदान-प्रदान भएको थियो ।

सो अवसरमा परराष्ट्रमन्त्री खनालले नेपाल भ्रमणमा रहेका जापानी उपमन्त्री फुजीलाई स्वागत गरे । साथै, उनले हालै रसुवा-भोटेकोशी क्षेत्रमा आएको बाढीपछि तत्काल राहत तथा सहयोग उपलब्ध गराएको र पुनर्निर्माणका क्रममा समेत सहयोग गर्न तत्परता देखाएकोमा जापान सरकारप्रति हार्दिक आभार व्यक्त गरे ।

जापानी उपविदेशमन्त्री फुजी नेपाल-जापान कूटनीतिक सम्बन्ध स्थापनाको ७०औं वार्षिकोत्सवका अवसरमा काठमाडौं महानगरपालिका र नेपालस्थित जापानी राजदूतावासको संयुक्त आयोजनामा दरबारमार्गमा हुने नेपाल-जापान महोत्सवमा सहभागी हुन दुईदिने नेपाल भ्रमणमा आएका हुन् ।

प्रकाशित मिति : ५ मंसिर २०८३, शनिबार  ६ : ३७ बजे

एनपीएलको फाइनलमा लुम्बिनीले सुदूरपश्चिमलाई दियो १ सय ५६ रनको लक्ष्य

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

परराष्ट्रमन्त्री खनालसँग जापानी उपविदेशमन्त्री फुजीकाे शिष्टाचार भेटवार्ता

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर खनालले जापानका विदेश मामिलासम्बन्धी संसदीय उपमन्त्री काजुहिरो

दैलेखमा बन्चरो प्रहारबाट आमा र दुई छोराछोरीको मृत्यु, एक बालक गम्भीर घाइते

दैलेख- दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–३, पानीखोलामा एक व्यक्तिले बन्चरो प्रहार

लुम्बिनीले गुमायो पाचौँ विकेट, सन्दीप जोरा आउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी

लुम्बिनीले गुमायो चौथो विकेट, कप्तान रोहित पौडेल रनआउट

काठमाडौं- तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको फाइनल खेल जारी