भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या « Khabarhub

भोजपुरको कुमाल बस्तीमा पिउने पानीको समस्या


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् ।

पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ ।

बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् ।

कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताए । त्यहाँ पानी व्यवस्थापनका लागि सात लाख ५० हजार रुपैयाँ बजेट विनियोजन भएको उनको भनाइ छ ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १० : २३ बजे

स्याङ्जामा तीन स्वतन्त्रसहित २८ जनाको उम्मेदवारी

काठमाडौं – आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनको लागि

१० गते ‘कुमारी’ टिमको कन्सर्ट भृकुटी मण्डपमा, ट्रेलर पनि सार्वजनिक गरिने

काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको

डाभोसमा ग्रिनल्यान्डलाई लिएर ट्रम्प–युरोप तनाव

एजेन्सी – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बुधबार युरोपेली नेताहरूसँगको सम्भावित

दमकमा युवादेखि वृद्धासम्मलाई भेट्न व्यस्त ओली

दमक– झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार केपी शर्मा ओली दमकमा

युवा संघका दमक अध्यक्ष नै बालेनतर्फ..

काठमाडौं – झापा ५ का उम्मेदवार बनेका राष्ट्रिय स्वतन्त्र पार्टी