रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ « Khabarhub

रातारात पार्टी फेरेर उम्मेदवार बनेका हुसेन टिकट खोसिएपछि भन्छन्- सक्नेले साथ दिन्छन् नसक्नेले पाठ


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


648
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले नेपाली कांग्रेसबाट एमालेमा प्रवेश गरेका डा. अबुल हुसेन अन्सारीलाई दिएको टिकट खोसेको छ ।

एमाले प्रवेश गरेलगत्तै अध्यक्ष केपी ओलीले उनलाई सुनसरी क्षेत्र नम्बर ४ को टिकट दिएको भएपनि अन्तिममा उनको टिकट खोसेर जगदीश कुशियत दिइएको हो।

केही दिनअघिसम्म कांग्रेसको देउवा समूहको पक्षमा उभिएर गगन थापामाथि आक्रमण गरिरहेका उनले रातारात पार्टी फेरेर एमालेको टिकट लिएका थिए ।

तर एमालेमा पुराना नेताहरुलाई वेवास्ता गर्दै अर्को पार्टीबाट भर्खरै प्रवेश गरेका व्यक्तिलाई टिकट दिएको भन्दै विरोध भएपछि अध्यक्ष ओली टिकट खोस्न बाध्य भएका हुन् ।

कुशियतको नाम सुनसरी–४ बाट एकल सिफारिस भएर आएको थियो । तर त्यसलाई वेवास्ता गर्दै अध्यक्ष ओलीले कांग्रेसबाट आएका अन्सारीलाई टिकट दिएका थिए ।

यसरी टिकट खोसिएपछि हुसेनले जीवन यात्रा भएको र सक्नेले साथ दिने नसक्ने पाठ दिने प्रतिक्रिया दिएका छन् । उम्मेदवार बन्नबाट आफू अन्तिम समयमा बन्चित भएको भन्दै उनले यस्तो बताएका हुन् ।

‘म आफू उम्मेदवार हुन् बाट अन्तिम समयमा वञ्चित भए पनि राजनीति र सामाजिक सेबा मार्फत देश सेवा गर्ने मेरो इमान्दारिता, लगाव र निष्ठामा कुनै कमी आउन दिने थिएन र छैन्। जिवन एउटा यात्रा हो,यहाँ सक्नेले साथ दिन्छन् नसक्नेले पाठ’, उनले फेसबुकमा लेखेका छन्, ‘घाम जस्तै बनु छ , आज आस्ताए पनि भोलि नौलो किरण बनि छाउनु छ । सबैमा शुभबिहानी’

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ९ : १३ बजे

सिंहदरबारमा सर्वदलीय बैठक : कांग्रेस सभापति गगन थापा उपस्थित हुँदा एमालेले पठायो पद्‍मा अर्याल

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको आह्वानमा

भोटेकोशी बाढी : विवरण सङ्कलन गर्न  समिति गठन

रसुवा– भोटेकोशी  बाढीबाट भएको धनजनको क्षतिको विवरण सङ्कलन गर्न जिल्लामा २५

एक्लेखेतमा बाढी पस्दा १३ घर प्रभावित

दमौली– अविरल वर्षाका कारण शुक्लागण्डकी नगरपालिका–२ एक्लेखेतमा ताकुडाँडाको खोल्सीको बाढीले

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको