काठमाडौं – माघ २३ बाट प्रदर्शनमा आउने फिल्म ‘कुमारी’को प्रचारको कार्यक्रम अन्तर्गत आगामी शनिबार काठमाडौंको भृकुटी मण्डपमा कन्सर्ट आयोजना गरेको छ । त्यही कन्सर्टमा फिल्मको ट्रेलर सार्वजनिक हुने निर्देशक दिनेश राउतले बताए ।
देशका सबै मुख्य सहरमा कन्सर्ट गर्दै फिल्मको प्रचार गर्दै आएको ‘कुमारी’ टिमले शनिबार काठमाडौंको तालिका परेको छ । यसअघि पोखरा र चितवनमा कन्सर्ट भइसेकेको छ ।
कन्सर्टमा फिल्ममा समावेश गीत गाएका गायक केहरसिंह लिम्बू र उनको ब्यान्ड ‘केहर एन्ड द लुङा’ले सांगीतिक प्रस्तुती दिनेछन् । यसको प्रवेश निशुल्क रहेको छ ।
भृकुटी मण्डप कन्सर्टमा फिल्मका नायक अविशेक खड्का, नायिका आकृति राजभण्डारी, निर्देशक दिनेश राउत र फिल्मको पूरा टिम उपस्थित रहने बताइएको छ ।













प्रतिक्रिया