हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा « Khabarhub

हरिवंश स्टारर ‘भुठान’ प्राइम भिडियोमा


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भुटानी शरणर्थीको कथामा बनेको वरिष्ठ कलाकार हरिवंश आचार्य स्टारर फिल्म ‘भुठान’ ओटीटी प्लेटफर्म प्राइम भिडियोमा सार्वजनिक भएको छ ।

फिल्मका निर्माता अवीरल थापाका अनुसार गत जनावरी ९ देखि प्राइमलले उत्तर अमेरिकी क्षेत्रका दर्शले मात्रै हेर्न मिल्ने गरी स्ट्रिमिङ गरेको छ। प्राइममा फिल्मको अंग्रेजी नाम अंग्रेजीमा ‘द वर्ल्ड ह्याप्पिएस्ट’ राखिएको छ ।

बिस्तारै यो फिल्म विश्वभरका दर्शकहरुले हेर्न पाउने गरी सार्वजनिक गरिने काम भइरहेको अर्का निर्माता राजेन्द्र ठकुरीले बताए ।

यो फिल्म नेपालमा गत वैशाखमा प्रदर्शनमा आएको थियो । हरिवंशको अभिनय र फिल्मले समीक्षात्मकरुपमा सकारात्मक प्रतिक्रिया पाएको थियो ।

फिल्ममा दयाहाङ राई, पुजा चन्द, ऋचा घिमिरे, जोएस पाण्डे, अदिती प्याकुरेल, टम क्रेन, बिमल सुबेदीलगायतको अभिनय रहेको छ । फिल्मको लेखक र निर्देशक बिनोद पौडेल हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  १२ : ३४ बजे

गोलकिपर अन्जिला भन्छिन्– राजनीतिको फोहोरी खेलले हाम्रो अवसर खोस्यो

काठमाडौं – नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी गोलकिपर अन्जिला तुम्बापो

युक्रेनमा रूसी आक्रमण : पाँच जनाको मृत्यु, १९ घाइते

एजेनसी– युक्रेनी शहर निकोपोलको बजारमा शनिबार भएको रूसी ड्रोन आक्रमण

ओली हिरासतबाट छुटाउन प्रधानमन्त्रीलाई बामदेवको खुलापत्र

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य बामदेव गौतमले पूर्वप्रधानमन्त्री तथा

प्रधानमन्त्री कप : गण्डकी प्रदेश ३९ रनले विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता अन्तर्गतको आजको खेलमा

ट्रम्पको बजेट प्रस्ताव : घरेलु कार्यक्रममा कटौती गरी रक्षा खर्च १.५ ट्रिलियन पुर्‍याइने

वाशिङ्टन डीसी- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २०२७ को बजेटमा रक्षा