एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने « Khabarhub

एक्सन फिल्म ‘परिवर्तन’ हेर्न १६ वर्ष मुनिका दर्शकलाई अभिभावक साथ चाहिने


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – माघ ९ बाट प्रदर्शनमा आउन लागेको एक्सन फिल्म ‘परिवर्तन’को सेन्सर पास भएको छ ।

चलचित्र जाँच समितिले फिल्मलाई पीजी सर्टिफिकेट दिएको छ । अर्थात् यो फिल्म हेर्न चाहने १६ वर्षभन्दा कम उमेरका दर्शकले अभिभावक साथमा लैजानु पर्नेछ ।

एक्सन दृश्यहरुका कारण यो फिल्मे पीजी सर्टिफिकेट पाएको निर्माण पक्षले बताएको छ ।

यो फिल्ममा नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली शीर्ष भूमिकामा छन् ।

विजय केरुङको निर्देशनमा बनेको यो फिल्मको कथा र निर्माण दीपक सिवाकोटीको हो । पटकथा र संवाद भने शिवम् अधिकारीले लेखेका हुन् ।

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  ५ : ५८ बजे

मलामी बोकेको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु

पाल्पा- पाल्पाको रिब्दिकोट गाउँपालिका–१ ख्याहाको जोगीथुमबाट मलामी बोकेर रिडीघाटतर्फ जाँदै

शनिबारदेखि सप्ताहव्यापी शहीद दिवस सुरु हुने

काठमाडौं– शनिबारदेखि यस वर्ष सहिद सप्ताहका कार्यक्रम सुरु हुने भएका

हातहतियार बुझाउन मुस्ताङ प्रशासनको आग्रह

मुस्ताङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी

स्रोत नखुलेको नगदसहित एकजना पक्राउ

कैलाली– टिकापुर नगरपालिका-९ खक्रौलाबाट स्रोत नखुलेको नगद ६ लाख रूपैयाँसहित भारत लखिमपुर