आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु « Khabarhub

आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु


७ माघ २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भद्रपुर– औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव–२०८२ आजदेखि जिल्ला सदरमुकाम चन्द्रगढीस्थित मेची रङ्गशालामा सुरु भएको छ । झापा उद्योग वाणिज्य सङ्घको आयोजनामा आजदेखि सुरु भएको महोत्सव यही माघ २१ गतेसम्म सञ्चालन हुनेछ ।

सङ्घका कार्यवाहक अध्यक्ष एवं महोत्सव मूल आयोजक समितिका संयोजक राजकुमार राईले यहाँको समग्र आर्थिक तथा सामाजिक उत्थानका लागि महोत्सव आयोजना गरिएको जानकारी दिए । उनका अनुसार उद्योग, व्यापार, कृषि, पशुपछी, शिक्षा, स्वास्थ्य तथा पर्यटन क्षेत्रको प्रवर्द्धन गर्दै आन्तरिक बजार सबलीकरण, व्यावसायिक उत्थान र निकासीयोग्य वस्तुमा जोड दिन महोत्सव आयोजना गरिएको हो ।

महोत्सवमा १३० वटा स्टल (कक्ष) निर्माण गरिएका संयोजक राईले जानकारी दिए । उनका अनुसार ती स्टलमा स्थानीय कृषि उत्पादन, हस्तकलाका सामग्री, विभिन्न कम्पनीका अटोमोबाइल, कृषि औजार, बीउबीजन, मलखाद, जडीबुटी, पर्यटन तथा शैक्षिक संस्था, छाला तथा गार्मेन्ट सामग्री, जुत्ता-चप्पल, गलैँचा तथा पस्मिना, सौर्य ऊर्जा, जलविद्युत्, सूचना प्रविधि, घरजग्गा तथा निर्माण सामग्री, बैंक तथा वित्तीय संस्था, फर्निचर तथा दैनिक उपभोग्य वस्तुको प्रदर्शनी तथा कारोबार हुनेछ । 

महोत्सवलाई थप आकर्षक बनाउन ‘सेल्फीजोन’, मनोरञ्जनात्मक खेल तमासा, स्थानीय तथा राष्ट्रियस्तरका साङ्गीतिक र हास्यव्यङ्ग्य कार्यक्रम, स्थानीय गीत तथा नृत्य, सांस्कृतिक प्रस्तुति, बालउद्यान तथा विभिन्न जातजातिको सांस्कृतिक झाँकी प्रदर्शनको व्यवस्था गरिएको संयोजक राईले बताए। महोत्सव अवधिमा विभिन्न खेलकुद कार्यक्रमसमेत आयोजना गरिनेछ ।

महोत्सवमा कम्तीमा १० करोड बराबरको कारोबार र एक लाखभन्दा बढी अवलोकनकर्ताको सहभागिता हुने अनुमान रहेको उनले बताए। महोत्सव सफल बनाउन विभिन्न नौ वटा उपसमिति गठन गरी व्यवस्थापन, सुरक्षा, प्रचारप्रसार तथा अनुगमनको काम भइरहेको सङ्घले जनाएको छ । 
 

प्रकाशित मिति : ७ माघ २०८२, बुधबार  २ : ५८ बजे

कृषि बैंकद्वारा ५० प्रतिशत कर्जा कृषि क्षेत्रमा लगानी

काठमाडौं– कृषि विकास बैंक लिमिटेडले समग्र कर्जा वृद्धि लक्ष्यको ५०

करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्ष २०८२-८३ को अर्धवार्षिक समीक्षा अवधिसम्ममा नेपालले

कार्यकर्तासँग ओलीले भने- ७० प्रतिशत भोट ल्याएर चुनाव जित्छौँ 

दमक– नेकपा एमालेका अध्यक्ष केपी शर्माले ७० प्रतिशत मत ल्याएर निर्वाचनमा

इरान-अमेरिका तनाव चर्कियो

एजेन्सी – इरानमा विरोध प्रदर्शनमाथि भएको कडा दमनको पृष्ठभूमिमा इरानका

विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन

काठमाडौं– पत्रकार विष्णु विवेकको पहिलो कृति ‘घाटगाउँ’ विमोचन भएको छ