टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने « Khabarhub

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये ३ खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ए मा दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेको हो भने समूह डी बाट तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको न्युजिल्याण्डले सुपर–८ को यात्रा तय गरेको थियो ।

२० राष्ट्र सहभागि प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर–८ को दोस्रो खेलमा भोलि (आइतबार) साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच भारतकाे अहमदाबादमा प्रतिस्पर्धा हुनेछ । टी–२० विश्वकपको फाइनल खेल फागुन २४ गते हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ९ : ४१ बजे

सुनसरीका किसानलाई जुट थन्क्याउन भ्याइ-नभ्याइ (तस्बिरहरू)

सुनसरी– नगदे बाली जुट व्यवस्थापन गर्न हिजोआज सुनसरीका किसानलाई भ्याइ-नभ्याइ छ

क्यानाडालाई एसोसिएट सदस्य बनाउन ईयूको प्रस्ताव

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले क्यानाडासँग आर्थिक, सुरक्षा तथा रणनीतिक

मनास्लु हिमाल आरोहणका क्रममा विदेशी नागरिकको मृत्यु

गोरखा– मनास्लु हिमाल आरोहणका लागि आएका एक विदेशी नागरिकको मृत्यु भएको

जलवायु मुद्दामा तथ्यका आधारमा नेपालका विषय विश्वसामू उठाउनुपर्ने : परराष्ट्रमन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायू परिवर्तन सम्बन्धमा विषयमा तथ्यका आधारमा

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको