टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने « Khabarhub

टी–२० विश्वकपमा आजदेखि सुपर–८ का खेल हुँदै, न्युजिल्याण्ड र पाकिस्तान भिड्ने


९ फाल्गुन २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


237
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी टी–२० विश्वकप क्रिकेट अन्तर्गत सुपर–८ का खेल आजदेखि सुरु हुँदैछन् । जस अन्तर्गत पहिलो खेलमा आज न्युजिल्याण्ड र पाकिस्तानबीच प्रतिस्पर्धा हुनेछ ।

खेल श्रीलंकाको कोलम्बोमा नेपाली समयअनुसार बेलुका सवा ७ बजे सुरु हुनेछ । प्रतियोगितामा पाकिस्तान समूह चरणका ४ मध्ये ३ खेलमा जित र एकमा हारसहित ६ अंक जोडेर समूह ए मा दोस्रो स्थानमा रहँदै सुपर–८ मा पुगेको हो भने समूह डी बाट तीनमा जित र एकमा हार बेहोर्दै ६ अंक जोडेको न्युजिल्याण्डले सुपर–८ को यात्रा तय गरेको थियो ।

२० राष्ट्र सहभागि प्रतियोगिताबाट आयोजक भारत र श्रीलंकासहित जिम्बावे, वेस्ट इन्डिज, दक्षिण अफ्रिका, पाकिस्तान, इंग्ल्यान्ड र न्युजिल्यान्ड सुपर–८ मा पुगेका छन् ।

सुपर–८ मा पुगेका टोलीमध्ये समूह एकमा भारत, दक्षिण अफ्रिका, वेस्ट इन्डिज र जिम्बावे तथा समूह दुईमा इंग्ल्याण्ड, न्युजिल्याण्ड, पाकिस्तान र श्रीलंका रहेका छन् ।

सुपर–८ को दोस्रो खेलमा भोलि (आइतबार) साविक विजेता भारत र उपविजेता दक्षिण अफ्रिकाबीच भारतकाे अहमदाबादमा प्रतिस्पर्धा हुनेछ । टी–२० विश्वकपको फाइनल खेल फागुन २४ गते हुनेछ ।

प्रकाशित मिति : ९ फाल्गुन २०८२, शनिबार  ९ : ४१ बजे

जुम्लाको स्याउ स्याङ्जाका उपभोक्ताको घरदैलोमा

वालिङ– जुम्लाको स्याउ यहाँका उपभोक्ताको रोजाइमा पर्ने गरेको छ ।

स्याफ्रुबेँसी–खाम्जिङ जोड्ने अस्थायी काठेपुल सञ्चालन

रसुवा– भोटेकोशी बाढीले सडक सञ्जाल टुटेपछि अवरुद्ध रसुवाको स्याफ्रुबेँसीबाट गोसाइँकुण्ड

झापामा चार लाख ५१ हजारले पाए राष्ट्रिय परिचयपत्र

झापा– झापामा चार लाख ५१ हजार ७०४ जनाले राष्ट्रिय परिचयपत्र

तिहारलक्षित सयपत्री फूलखेतीमा जमेका विष्ट

सुनसरी– तिहारलाई लक्षित गर्दै बराहक्षेत्र नगरपालिका–६ का किसान अर्जुन विष्टले

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका