बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते « Khabarhub

बैतडीमा ट्रक दुर्घटना, चालकसहित चारजना घाइते


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

बैतडी– जयपृथ्वी राजमार्गमा ट्रक दुर्घटना हुँदा चालकसहित चार जना घाइते भएका छन् ।

नेपालगञ्जबाट सिमेन्ट बोकेर बझाङतर्फ जाँदै गरेको सुपप्र ०१००१ ख २८०९ नम्बरको ट्रक गएराति बैतडीको पाटन नगरपालिका–८ झ्याउलेक मोडमा दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते हुनेमा चालक पाटन नगरपालिका–८ का ३६ वर्षीय कृष्ण विष्ट, सोही ठाउँका २५ वर्षीया निर्मला विष्ट, निर्मलाका सात वर्षीय छोरा अभिषेक र चार वर्षीय छोरा प्रयान्स रहेको बैतडीका प्रहरी प्रवक्ता सुरज सिंहले जानकारी दिए । घाइते चारै जनालाई उपचारको लागि डडेल्धुरा अस्पताल लगिएको छ ।

ट्रक सडकबाट २५ मिटर तल खसेको र दुर्घटनाको कारण खुल्न सकेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ९ : २४ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको