भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु « Khabarhub

भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको भोटेबहालमा बसको ठक्करबाट दुई भारतीय नागरिकको मृत्यु भएको छ । 

काठमाडौँ महानगरपालिका-१२ भोटेबहालमा कालिमाटीबाट त्रिपुरेश्वरतर्फ आउँदै गरेको ओमजनता यातायातको ठक्करबाट भारतीय नागरिक ४५ वर्षीय पदम उपाध्याय र ३७ वर्षीय सतिशकुमार कुसवाहको मृत्यु भएको उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिए ।

बागमती प्रदेश-३-०१-००५ ख ९२९८ नम्बरको बसको ठक्करबाट गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा गएराति राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए । 

बसचालक दोलखा घर भई कपन बस्ने ३५ वर्षीय मानबहादुर बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे प्रहरी वृत्त कालिमाटीले अनुसन्धान गरिरहेको प्रवक्ता सुवेदीले बताए। 
 

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १२ : ५१ बजे

अब किम्रुङखोलाको जोखिम छैन : वडाध्यक्ष गुरुङ

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ मा मोदी खोलाको सहायक किम्रुङखोलाको

‘आगोले संरचना जलाए पनि इतिहास र विरासत ढाल्न सक्दैन’ : वसन्त चौधरी

काठमाडौँ – प्रसिद्ध उद्योगी एवं साहित्यकार वसन्त चौधरीले गत वर्ष

भदाै २४ ऐतिहासिक धरोहरमाथि भएको विध्वंश लोकतान्त्रिक इतिहासकै कालो दिन : प्रचण्ड

काठमाडौँ – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सुख्खा पहिराले कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौँ – कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । उक्त

बालबालिकालाई ‘स्वर्णविन्दु’ प्राशन अभियान सुरु

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपास्थित जिल्ला आयुर्वेद चिकित्सालयले बालबालिकालाई स्वर्णविन्दु प्राशन