‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’ « Khabarhub

‘फाप्ला क्रिकेट रङ्गशाला निर्माणलाई सरकारले प्राथमिकता दिएको छ’


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

सुदूरपश्चिम- सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले धनगढीको फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम निर्माणलाई प्रदेश सरकारले प्राथमिकता दिएको बताएका छन् । आज फाप्ला अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला तथा खेलग्राम समितिका अध्यक्ष सुवास शाहीसँगको भेटवार्तामा मुख्यमन्त्री शाहले उक्त खेलग्राम निर्माणमा प्रदेश सरकारले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाए ।

मुख्यमन्त्रीले भने, “सुदूरपश्चिमको गेमचेञ्जरका रूपमा रहेको यो क्रिकेट परियोजना निर्माणका लागि प्रदेशले उच्च प्राथमिकतामा राखेको छ, थप बजेट विनियोजनका लागि सङ्घीय सरकारसँग पनि आवश्यक पहल गरिनेछ ।” सो अवसरमा अध्यक्ष शाहीले हालसम्म भएको प्रगति विवरणबारे मुख्यमन्त्रीलाई जानकारी गराउँदै आगामी बजेटमा यो परियोजनालाई प्राथमिकता राख्न आग्रह गरेका थिए ।

धनगढी उपमहानगरपालिका–३ स्थित निर्माणाधीन फाप्ला क्रिकेट रङ्गशालाको विस्तृत अध्ययन प्रतिवेदन(डिपीआर) र वातावरणीय प्रभाव मूल्याङ्कनजस्ता प्राविधिक काम सम्पन्न भइसकेका छन् । पहिलो चरणमा परियोजना निर्माणका लागि रु ११ अर्ब बजेट आवश्यकपर्ने अध्यक्ष शाहीले जानकारी दिए ।

प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि सुदूरपश्चिम टोलीको जर्सी सार्वजनिक

काठमाडौँमा आयोजना हुन लागेको प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि घोषित सुदूरपश्चिम क्रिकेट टोलीको जर्सी आज सार्वजनिक गरिएको छ ।

टोलीको मुख्य प्रायोजक सुदूरपश्चिमाञ्चल एकेडेमी (एसपिए) कलेजका प्रबन्ध निर्देशक सुवास शाही, प्रादेशिक क्रिकेट सङ्घका अध्यक्ष वासुदेव जोशी र टोलीका कप्तान शेर मल्लले आज संयुक्त रूपमा जर्सी सार्वजनिक गरेका हुन् ।

टोलीमा कप्तान मल्लसहित किरण ठगुन्ना, खड्क बोहरा, दीपक बोहरा, हेमन्त धामी, विकास आगरी, अभिषेक पाल, प्रकाश पाण्डेय, मिलन बोहरा, नरेन भट्ट, लोकेन्द्र चन्द, सौर्य श्रेष्ठ, नारायण जोशी, राजु रिजाल र अशोक धामी छन् ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ६ : १६ बजे

पशु वधशाला तथा मासु जाँच ऐन कार्यान्वयनका लागि कार्यदल गठन

काठमाडौँ– सरकारले पशु वधशाला तथा मासु जाँच ऐन, २०५५ कार्यान्वयनका

चक्रवात ‘अर्नब’को प्रभाव : भारी वर्षा र हिमपातको चेतावनी

काठमाडौँ– हाल देशमा पश्चिमी वायुको आंशिक प्रभावसँगै बङ्गालको खाडीमा विकसित

कृषि जेटिएको फूलखेती, परम्परागत खेतीभन्दा दुई गुणा बढी आम्दानी

कञ्चनपुर– फूलखेतीमा सम्भावना देखेपछि कञ्चनपुरको भीमदत्त नगरपालिका–१५ का मेघा रावल

पोखरा र थाइल्यान्डका व्यवसायीबीच सहकार्य र लगानी विस्तारमा छलफल

कास्की– पोखरा र थाइल्यान्डका उद्योगी व्यवसायीबीच व्यावसायिक साझेदारी विस्तार, द्विपक्षीय

कांग्रेसले ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

ललितपुर– नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकसम्म पुर्याउन