बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा « Khabarhub

बृहत् स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले लिए निःशुल्क सेवा


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

खोटाङ – दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले आयोजना गरेको बृहत् निःशुल्क स्वास्थ्य शिविरमा एक हजार ६१९ जनाले सेवा दिएका छन् ।

ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि काठमाडौँ र गरिमा विकास बैङ्कसँगको सहकार्यमा नगरपालिकाले आयोजना गरेको दुईदिने स्वास्थ्य शिविरमा जिल्लाका विभिन्न स्थानीय तहका नागरिकले निःशुल्क स्वास्थ्य सेवा लिएका हुन् ।

विभिन्न रोगबाट ग्रसित स्थानीय नागरिकलाई आफ्नै गाउँठाउँमा विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउन दुईदिने निःशुल्क बृहत् स्वास्थ्य शिविर आयोजना गरिएको नगरप्रमुख तीर्थराज भट्टराईले जानकारी दिएका छन् ।

उनले भने, ‘दिक्तेलस्थित जिल्ला आयुर्वेद अस्पतालमा आयोजना गरिएको जिल्लाभरिका नागरिकले सेवा लिएका छन् । विभिन्न संस्थासँगको सहकार्यमा आयोजना गरिएको दुईदिने बृहत् स्वास्थ्य शिविर उपलब्धिमूलक बनेको छ ।’

निःशुल्क बृहत् स्वास्थ्य सेवा शिविरमा जनरल सर्जरी, स्त्री रोग, महिलाको पाठेघरमा हुने क्यान्सर, हाडजोर्नी, दन्त चिकित्सा, मनोरोग र चर्मरोगसम्बन्धी विशेषज्ञ सेवा उपलब्ध गराइएको ओम हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालिका अध्यक्ष टङ्कबहादुर श्रेष्ठले जानकारी दिएका छन् ।

यही चैत ५ र ६ गते आयोजना गरिएको शिविरका लागि रिसर्च सेन्टर काठमाडौँका प्रमुख चिकित्सक डा आनन्दप्रसाद श्रेष्ठसहित ३३ जनाको विशेषज्ञ टोली दिक्तेल आएको नगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ८ : ३७ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको