बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ « Khabarhub

बैङ्किङ कसुरका फरार प्रतिवादी पक्राउ


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

सिरहा – लेनदेन तथा बैङ्किङ कसुर मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका दुई जनालाई सिरहा प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार लेनदेन बिगो मुद्दामा सिरहा जिल्ला अदालतले २०७९ साल माघ १७ गते दुई वर्ष कैद सजाय सुनाएका ४५ वर्षीय रामजनम यादव पक्राउ परेका हुन् ।

सिरहाको कल्याणपुर नगरपालिका–१० निवासी यादवलाई छिमेकी विष्णुपुर गाउँपालिका–१ स्थित स्वास्थ्य चौकी नजिक खाजा खान लागेको अवस्थामा शुक्रबार पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक रमेशबहादुर पालले जानकारी दिए ।

यस्तै, इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको टोलीले बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी करिब ४० वर्षीय प्रमोद साहलाई पनि पक्राउ गरेको छ ।

जिल्ला अदालतको २०७९ साल पुस २९ गतेको फैसलाअनुसार खोजीमा रहेका धनगढीमाई नगरपालिका–९, गोठचोक निवासी साहलाई आफ्नै घरमा लुकीछिपी बसेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार पक्राउ परेका दुबै जनालाई जिल्ला प्रहरी कार्यालयमा राखी थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  १० : ०८ बजे

दक्षिणकालीमा कार पल्टिँदा चालकको मृत्यु

काठमाडौं – काठमाडौं दक्षिणकाली नगरपालिका(८ चुत्राघारी पानीघाटस्थित सडकमा आज एउटा

जेनजी आन्दोलनका क्रममा फरार एक जना कैदी पक्राउ

बैतडी – गत भदौमा भएको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार

शंकरको प्रेमको जीतमा अश्विनी र आर्यनको अभिनय

काठमाडौँ- गायक शंकर श्रेष्ठ, विषम आचार्य र गायिका अविज्ञा घिमिरेको

आइतबार पनि ओपीडी सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म उपलब्ध

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

लुम्बिनी – गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल(गैँडाकोट राजमार्गको