सीको सैन्य शुद्धीकरण अभियानले इन्डो-प्यासिफिक क्षेत्रमा अनिश्चितता र अस्थिरता बढ्यो « Khabarhub

सीको सैन्य शुद्धीकरण अभियानले इन्डो-प्यासिफिक क्षेत्रमा अनिश्चितता र अस्थिरता बढ्यो


७ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- चिनियाँ राष्ट्रपति सी जिन्पिङले सेनामा व्यापक शुद्धीकरण अभियान थालेका छन् । यस अभियानअन्तर्गत पछिल्लो समय चिनियाँ जनमुक्ति सेनाका दर्जनौँ उच्च अधिकारीहरूलाई पदबाट हटाइएको छ ।

सेन्टर फर स्ट्रेटेजिक एण्ड इन्टरनेशनल स्टडिजका अनुसार सन् २०२२ यता ३६ जना जनरल र लेफ्टिनेन्ट जनरलहरूलाई आधिकारिक रूपमा पदमुक्त गरिएको छ । यसका साथै ६५ जनाभन्दा बढी अन्य सैन्य अधिकारीहरू पनि बेपत्ता पारिएका वा हटाइएका छन् ।

यस अभियानमा दुई जना रक्षामन्त्री र शक्तिशाली केन्द्रीय सैन्य आयोगका १० सदस्यसमेत परेका छन् । चीनले यस कदमलाई भ्रष्टाचार विरोधी अभियान भनेको छ ।

तर, विज्ञहरूका अनुसार यो आफ्नो शक्ति बलियो बनाउने र विरोधीहरूलाई तह लगाउने राजनीतिक अस्त्र पनि हुन सक्छ । यसले गर्दा सेनाभित्र नेतृत्वको अभाव खड्किने र अनुभवी कमान्डरहरूको ठाउँमा कम अनुभवी व्यक्तिहरू आउने जोखिम बढेको छ ।

यो सैन्य उथलपुथलले ताइवानमाथिको तत्कालिन सुरक्षा खतरालाई केही कम गर्न सक्ने अनुमान गरिएको छ । सेनाभित्रको यस्तो फेरबदलले तालिम, योजना र समन्वयमा बाधा पुर्‍याउँछ। कमान्डरहरू कारबाहीको डरले नयाँ निर्णय लिन हिचकिचाउने अवस्था आउन सक्छ ।

तथापि, यसले गर्दा सम्पूर्ण शक्ति राष्ट्रपति सीको हातमा केन्द्रित हुन पुगेको छ । सेनाभित्र फरक मत राख्ने वा प्रश्न उठाउने अनुभवी कमान्डरहरू नहुँदा रणनीतिक गलत निर्णय हुने सम्भावना पनि बढेको छ ।

सैन्य संरचनामा समस्या देखिए पनि ताइवानलाई आफ्नो बनाउने चीनको दीर्घकालीन लक्ष्य भने परिवर्तन भएको छैन । अमेरिकी गुप्तचर निकायहरूका अनुसार सीले सन् २०२७ सम्ममा ताइवानमा आक्रमण गर्न सक्ने गरी तयारी रहन सेनालाई निर्देशन दिएका छन् ।

चीनको यो आन्तरिक शुद्धीकरणले इन्डो-प्यासिफिक क्षेत्रमा अनिश्चितता र अस्थिरता थप बढाएको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८२, शनिबार  ६ : २३ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको