आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल   « Khabarhub

आज २०८३ साल वैशाख ८ गते मंगलबारको राशिफल  


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – आज २०८३ साल वैशाख ८ गते मंगलबार। वैशाख शुक्ल पक्षको चतुर्थी उपरान्त पञ्चमी तिथि । मंगलचौथी व्रत, छन्द दिवस, आद्यगुरु शंकराचार्य जयन्ती रश्री मच्छिन्द्रनाथ रथ यात्रा प्रारम्भ । तदनुसार सन् २०२६ अप्रिल २१ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : तपाईंका लागि आजको दिन राम्रो छ। आज बनाएको योजनाले सफलता प्राप्त गर्नेछ । शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। व्यापारमा लगानी गरेको भए सफलता प्राप्त हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ।

वृष : दिन धेरै राम्रो छ। सफलता हात लाग्ने दिन छ। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रमा तपाईंका कामको प्रशंसा हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : परिवारमा झन्झट आइपर्ने खतरा छ। अप्रिय खबरले मन अशान्त बन्नेछ। सामाजिक र राजनीति क्षेत्रमा विवाद हुने देखिन्छ। स्वास्थ्यमा ख्याल गर्नु राम्रो हुन्छ।

कर्कट : आज तपाईंका लागि दिन राम्रो छ। सामाजिक र राजनीतिक क्षेत्रमा सम्मान बढ्नेछ। वैदेशिक लगानीबाट उत्साह बढ्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

सिंह : आज शुभ दिन छ । आर्थिक क्षेत्रमा गरेको लगानीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध सुमधुर हुनेछ। जुनसुकै क्षेत्रमा मिहिनेतको खाँचो देखिन्छ।

कन्या : दिन राम्रो छ। श्रमको उचित मूल्यांकन हुनेछ। धेरै बोल्ने साथी कमजोर बन्नेछन्। शिक्षामा सफलता प्राप्त हुनेछ। सामाजिक क्षेत्रको कामबाट सम्मान मिल्नेछ। लामो यात्रा नगर्नु राम्रो हुनेछ।

तुला : संघर्ष गर्नुपर्ने दिन छ। अवसरको सदुपयोग गर्नु राम्रो हुन्छ। शिक्षाको क्षेत्रमा मिहिनेत गर्नुपर्ने दिन छ। आफ्ना भनिएका साथीसँग प्रतिवाद गर्नुपर्ने हुनसक्छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। लगानीका क्षेत्रमा सफलता मिल्नेछ। धेरै साथीभाइले तपाईंको कामको प्रशंसा गर्नेछन्। शिक्षामा गरेको प्रयास सफल हुनेछ। स्वास्थ्यमा गरेको लगानीले लाभ हुनेछ।

धनु : दिन सामान्य छ। शरीरमा आलश्य बढ्नेछ। राम्रो काम गरे पनि गलत अर्थ लाग्नसक्छ। परिवारमा मेलमिलाप हुनेछ। सामाजिक कामले समाजमा प्रतिष्ठा बढ्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : आजको दिन धेरै नै राम्रो छ। शिक्षाको लगानीबाट उत्साह मिल्नेछ। परिवारको सहयोग प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा गरेको लगानीबाट प्रगति हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : आज तपाईंको खर्च बढ्नेछ। समय सामान्य छ। अनावश्यक उदासिनता आइपर्ने छ। लगानीको क्षेत्रबाट भने सामान्य नाफा हुनेछ। राजनीतिक यात्रामा अवरोध खडा हुनेछन्।

मीन : गणेशको सेवा गरेमा फाइदा हुनेछ। आज आम्दानीका स्रोत पहिचान हुनेछ । स्थानान्तरणको योग बनेकाले रोजगारी परिवर्तनको समय छ । न्यायपूर्वक गरेको श्रमबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ५ : ०० बजे

गोविन्दाको चेतावनीपछि पत्नी सुनिताको नयाँ मार्ग : ‘अब प्रेमभन्दा काम र पैसालाई प्राथमिकता दिन्छु’

काठमाडौँ– बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजा फेरि एकपटक चर्चामा

पश्चिम एसिया तनावबीच अमेरिकी राष्ट्रपति ट्रम्प बुधबार चीन पुग्दै

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समकक्षी सी चिनफिङको निमन्त्रणमा आगामी

राष्ट्रपति पौडेलले संसदको संयुक्त बैठकमा गर्ने सम्बोधनलाई मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौँ– सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमलाई स्वीकृत गरेको

स्थानीय पाठ्यक्रममा देवघाटधामको पहिचान र संस्कृति समेटियो 

तनहुँ– देवघाट गाउँपालिकाले देवघाटधामको पहिचान, संस्कृति र भूगोललाई समेटेर स्थानीय

सडक सुविधाले किचकबध र कचनकबलमा पर्यटकीय चहलपहल

झापा– प्रसिद्ध पर्यटकीयस्थल किचकबध र नेपालकै होचो स्थान कचनकबल जाने