गृहमन्त्रीलाई बर्खास्त र पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग, आईजीपीकहाँ पुग्यो निवेदन « Khabarhub

गृहमन्त्रीलाई बर्खास्त र पक्राउ गर्न जेन-जी मुभमेन्ट नेपालको माग, आईजीपीकहाँ पुग्यो निवेदन


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी मुभमेन्ट, नेपालले गृहमन्त्री सुधन गुरुङलाई तत्काल पदबाट बर्खास्त गरी पक्राउ गर्न माग गर्दै प्रहरी प्रधान कार्यालय नक्सालमा औपचारिक निवेदन दर्ता गरेको छ।

संगठनका प्रवक्ता विजय शाहले निवेदनमा गृहमन्त्रीबारे गम्भीर आरोप सार्वजनिक भएको भन्दै उनी पदमा रहँदा निष्पक्ष अनुसन्धान प्रभावित हुने ‘कन्फ्लिक्ट अफ इन्ट्रेस्ट’ को अवस्था सिर्जना भएको दाबी गरेका छन् ।

निवेदनमा मुलुकी फौजदारी संहिताको आधार उल्लेख गर्दै गम्भीर आरोप लागेका व्यक्तिलाई आवश्यक परे पक्राउ गरी अनुसन्धान अघि बढाउन सकिने कानुनी व्यवस्था रहेको उल्लेख गरिएको छ।

त्यस्तै, पदमा रहेर अनुसन्धानमा प्रभाव पार्ने कार्य “सबुत नष्ट गर्ने वा अनुसन्धान अवरोध गर्ने अपराध” अन्तर्गत पर्न सक्ने दाबी पनि गरिएको छ।

राजनीतिक आधारमा आन्दोलनको दुरुपयोग, आर्थिक लाभ, तथा गैरकानुनी गतिविधिमा संलग्न भएको आरोपसमेत लगाइएको छ। साथै आन्दोलनका क्रममा भएको क्षति र शहीदहरूप्रति अपमान भएको दाबी पनि गरिएको छ।

निवेदनमार्फत जेन-जी मुभमेन्टले गृहमन्त्रीलाई पदबाट हटाउन सरकारलाई सिफारिस गर्न, तत्काल पक्राउ गर्न, निष्पक्ष अनुसन्धान अघि बढाउन र अनुसन्धान प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ३ : ४७ बजे

सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा

कर्णाली – सुर्खेतमा खाना पकाउने ग्यासको अभाव भएपछि उपभोक्तामा चुलो

नेपालको कमजोर प्रदर्शन जारी, नेदरल्यान्ड्सले सजिलै हरायो

काठमाडौं – आईसीसी विश्वकप लिग २ अन्तर्गतको एक दिवसीय खेलमा

बिरामीलाई निःशुल्क रगत उपलब्ध गराउँदै अर्जुनधारा

झापा – यहाँको अर्जुनधारा नगरपालिका र नेपाल रेडक्रस सोसाइटी झापा

मध्यपूर्वको स्थिति ‘कल्पनाभन्दा बाहिर’ : महासचिव गुटेर्रेस

संयुक्त राष्ट्रसङ्घ – मध्यपूर्वमा जारी द्वन्द्वले क्षेत्रलाई ‘कल्पनाभन्दा बाहिर’ पु-याएको

अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी

वासिङ्गटन – यमनका हुथी विद्रोहीहरूले ढुवानी जहाजहरूमाथि गरेको आक्रमणको लागि