सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह « Khabarhub

सुधारमार्फत योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठान सुदृढ गरिने : प्रधानमन्त्री शाह


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


117
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानलाई खारेज नगरी सुधारमार्फत सुदृढ बनाइ सेवा प्रवाह प्रभावकारी बनाइने बताएका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज आयोगका पदाधिकारी तथा कर्मचारीसँग भएको छलफलमा उनले योजना निर्माण र नीतिगत अनुसन्धान व्यवस्थित भएमा मात्र सरकारको काम प्रभावकारी हुने उल्लेख गरे। 

‘यी निकायहरूलाई सुधार गर्न सके सरकार सञ्चालनमा ठुलो सहयोग पुग्नेछ,’ उनले भने।

नीति अनुसन्धान प्रतिष्ठानबारे उनले विषय विज्ञको भूमिका महत्वपूर्ण रहेको बताउँदै गहिरो अध्ययन र दूरगामी सोच प्रस्तुत गर्ने क्षमता आवश्यक रहेको उल्लेख गरे। सरकारले विज्ञहरूको प्राज्ञिक कार्यलाई पूर्ण रूपमा आत्मसात् गर्ने उनले स्पष्ट पारे।

प्रधानमन्त्री शाहले बहानाबाजी नगरी ठोस योजना र प्रभावकारी कार्यान्वयनमार्फत नतिजा दिन निर्देशन दिए। मन्त्रालयबीच समन्वय नभएको तर्क अस्वीकार्य भएको उल्लेख गर्दै उनले बजेट र कानुनी जटिलतालाई काम नगर्ने बहाना नबनाउन चेतावनी दिए।

उक्त अवसरमा अर्थमन्त्री स्वर्णिम वाग्ले ले वर्तमान समयलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताए। उनले विज्ञहरूको ज्ञानलाई नीति, कार्यक्रम र बजेटमा रूपान्तरण गर्न जोड दिँदै स्पष्ट लक्ष्य, पर्याप्त बजेट र मापनयोग्य परिणामसहित प्रस्ताव ल्याउन निर्देशन दिए।

वाग्लेले संस्थागत संरचना सुदृढीकरण, अप्रासङ्गिक प्रावधान खारेजी तथा नयाँ आवश्यकता अनुसार नीति विकास प्रक्रिया अघि बढाइने जानकारी दिए। साथै, नवप्रवर्तनात्मक कार्यक्रमहरू ‘पाइलट प्रोजेक्ट’ का रूपमा सुरु गरी सफल भएपछि विस्तार गर्ने रणनीति अपनाइने उनले बताए।

छलफलमा आयोगका पदाधिकारीहरूले कार्य प्रगति, चुनौती र बजेट अवस्थाबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। प्रतिष्ठानका कर्मचारीहरूले थप जनशक्ति र स्रोतसाधनको आवश्यकता औंल्याउँदै प्रधानमन्त्रीसँगको संवादले आफूहरूलाई थप उत्साह मिलेको बताएका छन्।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ६ : २० बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको