मुस्ताङमा भारतीय नागरिक मृत भेटिए « Khabarhub

मुस्ताङमा भारतीय नागरिक मृत भेटिए


८ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ– मुस्ताङमा एक भारतीय नागरिकको शव मृत अवस्थामा फेला परेका छन् । घरपझोङ गाउँपालिका–४ लामाकुर्सीस्थित लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको शव आज बिहान १०ः१५ बजेको समयमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला प्रतापगढ उत्तर प्रदेश राज्य भारत घर भएका ६३ वर्षीय पुरुष सङ्गमलाल यादवको शव मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी एवं प्रहरी निरीक्षक ईश्वर महतले जानकारी दिए ।

वारागुङ मुक्तिक्षेत्र र घरपझोङ गाउँपालिकाको सिमाना पान्डा खोला नजिकै जोमसोम–कागबेनी सडक छेउको लामाकुर्सी गुम्बाको बत्ती बाल्ने कोठामा भारतीय नागरिकको मृत शव फेला परेको प्रहरी निरीक्षक महतले बताए।

मृत फेला परेका भारतीय नागरिकको घटनास्थलबाट आधार कार्ड फेला परेको छ । घटनाको प्रहरी विवरणअनुसार मृत फेला परेका भारतीय नागरिक यादव अघिल्लो महिनाको चैत्र १८ गते ट्रेकिङका लागि आएको बताइएको छ । 

भारतीय नागरिकको मृत भेटिएपछि जिल्ला प्रहरी कार्यालय मुस्ताङले मृतकको परिवारसँग सम्पर्कको लागि समन्वय गरिरहेको जनाएको छ । प्रहरी कार्यालयका अनुसार मृतक भारतीय नागरिकको शव जोमसोमस्थित प्रादेशिक अस्पतालको शव गृहमा राखिएको छ ।

यसअघि भारतीय नागरिकको शव मृत अवस्थामा रहेको सूचना प्राप्त गरेलगत्तै जिल्ला प्रहरी कार्यालय मुस्ताङमा नौ जनाको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । प्रहरीले भारतीय नागरिक मृत अवस्थामा फेला परेको घटनास्थलको प्रकृति र मचुल्का तयार गरी अनुसन्धानकार्य अघि बढाइएको प्रहरी निरीक्षक महतले उल्लेख गरे।

प्रकाशित मिति : ८ बैशाख २०८३, मंगलबार  ७ : ५४ बजे

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण

प्रधानमन्त्रीले सुरक्षाकर्मीको प्रशंसा गर्दै भने : सुविधामा सरकारले सम्झौता गर्ने छैन

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि उद्धार तथा खोजी

कोरला नाका चलायमान : भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकास्थित लोमान्थाङ गाउँपालिका-४ न्हेचुङमा रहेको