कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’ « Khabarhub

कानुन निर्माणमा नागरिकको सहभागिता बढाउन ‘डिजिटल प्लेटफर्म’


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कानुन निर्माण प्रक्रियामा नागरिकको सहभागिता बढाउन सार्वजनिक गरिएको छ ।

गत वैशाख २७ गते कानुन दिवसको अवसरमा घोषणा भएको उक्त प्लेटफर्ममार्फत नागरिकले ऐन तथा विधेयकका मस्यौदामा आफ्नो सुझाव र असहमति सिधै पठाउन सक्नेछन् ।

कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले कानुन निर्माण प्रक्रियामा नागरिकलाई प्रत्यक्ष रूपमा सहभागी गराउने उद्देश्यले डिजिटल प्लेटफर्म सार्वजनिक गरिएको बताइन् ।

उनले कानुनहरू नागरिककै लागि बन्ने भए पनि निर्माण प्रक्रियामा जनसहभागिता पर्याप्त नभएको औँल्याउँदै यस पहलले कानुनी सचेतना विस्तार र नागरिक सहभागिता दुवै सुनिश्चित गर्ने जानकारी दिइन् ।

कानुन मन्त्रालयको आधिकारिक वेबसाइटमा गई सम्बन्धित ट्याबमा क्लिक गरेर नागरिकले कुनै पनि विधेयक वा कानुनको दफामा संशोधन वा सुझाव दिन सकिने जनाइएको छ ।

त्यस्तै भाषागत कठिनाइ भए पनि मन्त्रालयले सुझावलाई कानुनी भाषामा रूपान्तरण गर्ने बताएको छ । तथापि सुझाव दिनुअघि सम्बन्धित कानुन अनिवार्य रूपमा अध्ययन गर्नुपर्ने सर्त राखिएको छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  १० : ४९ बजे

दक्षिण कोरियामा अनलाइन किनमेलमा दोहोरो अङ्कको वृद्धिदर

सोल– दक्षिण कोरियामा जुन महिनामा अनलाइन किनमेल कारोबार दोहोरो अङ्कले

कृषि प्रयोगशाला सुर्खेतकी कर्मचारीको मृत्यु प्रकरण : समातिए प्रशासनका नायब सुब्बा

काठमाडौं- कृषि प्रयोगशालाकी २७ वर्षीया कर्मचारी चन्द्रा सिंहको रहस्यमय मृत्यु

राष्टियसभाको आजको बैठकमा विभिन्न कार्यसूची पेस हुँदै

काठमाडौं– राष्ट्रियसभाको आजको बैठमा प्रधानमन्त्री वालेन्द्र शाहले विभिन्न प्रतिवेदन पेस

मधेशमा बढ्दो धार्मिक तनावप्रति एमालेको चिन्ता, सरकारको भूमिकामा प्रश्न

काठमाडौं– नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले

अप्ठेरोमा परेकालाई घरमा ग्यास पुर्‍याउने : प्रजिअ

चितवन– चितवन जिल्ला प्रशासनले अप्ठेरोमा परेकालाई खाना पकाउने ग्यास अभाव