ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा « Khabarhub

ओएमएन सर्वे नहुँदा ‘प्रादेशिक अस्पताल’ समस्यामा


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल हाल ५० शय्याको स्वीकृत छ । विसं २०६३ मा ५० शय्याको स्वीकृत पाएको अस्पतालले त्यसपछि शय्या र जनशक्ति थपको कुनै अनुमति पाएको छैन । 

बिरामीको चापलाई मध्येनजर गरी १४१ शय्या सञ्चालनमा छ । यसलाई २०० शय्याको बनाउने भनी अस्पतालले विसं २०८० मा सङ्गठन तथा व्यवस्थापन (ओएमएन) सर्वेक्षण पास गरिदिनका लागि प्रदेश सरकारसमक्ष पत्र पठाएको थियो । 

उक्त ओएमएन चार वर्षपछि पुनः अस्पतालमा फिर्ता आएको अस्पतालका प्रशासन प्रमुख हुकुमबहादुर वलीले जानकारी दिए । ‘बिरामीको चाप धेरै छ, हामीले शय्या बढाएर सेवा दिइरहेका छौँ’, उनले भने, ‘चार वर्षदेखि हाम्रो ओएमएन सर्वेमा कुनै चासो नहुँदा समस्या भएको हो ।’

अस्पताललाई रेफर सेन्टरका रूपमा स्थापित गरिएको अवस्थामा सरकारले  ओएमएन पास गर्नेतर्फ ध्यान नदिँदा अस्पताल नियमित र प्रभावकारी रूपमा सञ्चालनमा समस्या हुने गरेको अस्पताल विकास समितिका अध्यक्ष महेन्द्र लामिछानेले बताए । 

‘म पद बहाल भएको भर्खरै हो’, उनले भने, ‘तर, अहिले जनशक्तिको समस्या देखिएको छ, त्यसलाई समाधान गर्ने विषय मेरो जिम्मेवारीको हो, यसलाई मिलाउनतर्फ पूर्ण प्रतिबद्ध भएर लाग्नेछु ।’ 
 
दुई सय शय्या बनाउने उक्त सर्वेमा ५१५ जना चिकित्सक तथा कर्मचारीको प्रस्ताव गरिएको थियो । जसमा विशिष्टीकृत सेवा सुरु गर्नेगरी जनशक्ति माग गरिएको थियो । 

हाल अस्पतालमा ७४ जनाको मात्रै दरबन्दी रहेको अध्यक्ष लामिछानेले जानकारी दिए । जनशक्तिको कमी गर्दा बिरामीको चापलाई थेग्न निकै समस्या हुने गरेको उनले बताए । 
 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ११ : ५९ बजे

संयुक्त राष्ट्रसङ्घको महासचिव चयनका लागि दोस्रो स्ट्र पोल

न्युयोर्क– संयुक्त राष्ट्रसङ्घका नयाँ महासचिव चयनका लागि सुरक्षा परिषद्ले शुक्रबार

नेपाल मेडिकल काउन्सिलको रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ

काठमाडौं– नेपाल मेडिकल काउन्सिल (एनएमसी)को रजिस्ट्रारमा डा. सुप्रभात श्रेष्ठ नियुक्त

तोलामा ३ हजार रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज पनि सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी

मधेसका आठ जिल्ला शाखालाई सञ्चार सामग्री हस्तान्तरण

जनकपुरधाम– मधेस प्रदेश सरकारले प्रदेशका आठवटै जिल्लाका नेपाल पत्रकार महासङ्घ

सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दा-सुनिताको सम्बन्धमा नयाँ ट्विस्ट, आखिर के भयो ?

बलिउडमा कलाकारको फिल्मी करियरसँगै उनीहरूको निजी जीवन सधैँ चर्चाको विषय