कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त « Khabarhub

कोशी लोकसेवा आयोगमा फुदोङ र ओझा नियुक्त


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी प्रदेशको प्रदेश लोकसेवा आयोगको सदस्यमा मोरङ उर्लाबारीका भीम बहादुर सुब्बा फुदोङ र विराटनगरकी रुपा थापा ओझा नियुक्त भएका छन् । 

प्रदेश लोकसेवा आयोग ऐन २०७६ अनुसार मुख्यमन्त्री, प्रदेश सभामुख र प्रमुख प्रतिपक्षी दलको नेताको सिफारिसमा प्रदेश प्रमुख परशुराम खापुङले दुई जना सदस्यहरू नियुक्त गरेका हुन् । 

विराटनगर स्थित प्रदेश प्रमुखको कार्यालयमा आयोजित एक कार्यक्रमबीच प्रदेश लोकसेवा आयोगका अध्यक्ष महेन्द्र प्रसाद गुरागाईँले नवनियुक्त सदस्यहरू भीम बहादुर सुब्बा फुदोङ र रुपा थापा ओझालाई पद तथा गोपनियताको शपथ ग्रहण समेत गराएका छन् ।

 शपथ ग्रहण समारोहमा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, मुख्यमन्त्री हिक्मत कुमार कार्की, प्रदेश सभामुख अम्बर बहादुर विष्ट लगायत राजनैतिक दलका नेताहरू, मन्त्रीहरू, प्रदेश सांसदहरू, सचिवहरूको उपस्थिति रहेको थियो ।

प्रदेश लोकसेवा आयोगका र्दुइजना सदस्यहरूको ६ वर्षे कार्यकाल समाप्त भएपछि सुब्बा र ओझालाई नियुक्त गरिएको हो । 

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : ५४ बजे

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

त्रिशूली ३ ‘ए’ सुरुङभित्र उद्धारकर्मी र फसेकाबीच संवाद, एकभन्दा बढी व्यक्तिको आवाज सुनियो

काठमाडौं– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण

समर ट्रान्सफरमा चेल्सीको कीर्तिमानी कारोबार: ३९ खेलाडी बाहिरिँदा उठ्यो ५० करोड पाउन्ड

लन्डन – सन् २०२२ मेमा रुसी उद्योगपति रोमन एब्रोमोभिचको स्वामित्व

जलविद्युत् आयोजनाको सहयोगमा दुखुखोला पुल संरक्षण गरिने

म्याग्दी– बाढी र कटानको उच्च जोखिममा परेको म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत

त्रिशूली ३‘ए’ सुरुङभित्रबाट मानिसको आवाज, उद्धार तीव्र पारियो

काठमाडौं- भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण थुनिएको