लेक लागेका युवाको उद्धार र क्यान्सरको औषधि उपलब्ध गराउन सांसदहरूको माग « Khabarhub

लेक लागेका युवाको उद्धार र क्यान्सरको औषधि उपलब्ध गराउन सांसदहरूको माग


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बझाङमा यार्सागुम्बा संकलनका क्रममा लेक लागेर गम्भीर बिरामी भएका युवाको तत्काल उद्धार गर्न तथा क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिका–१ का २२ वर्षीय प्रेम बोहरा यार्सागुम्बा संकलनका क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर गम्भीर बिरामी परेको जानकारी गराउँदै तत्काल उद्धारको व्यवस्था गर्न माग गरे।

प्रतिनिधिसभाको बैठकमा समय लिएर उनले बोहरा पाँच हजार मिटरभन्दा माथिको क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएको र हाल गम्भीर अवस्थामा रहेको बताए।

‘बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ,’ सांसद महरले भने, ‘उनको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यस्तै, नेपाली कांग्रेसकी सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्गोप्लाटिन’ औषधिको देशभर अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले औषधि अभावका कारण अस्पतालहरूले बिरामीलाई उपचार नगरी घर फर्काउने अवस्था आएको उल्लेख गर्दै तत्काल आवश्यक औषधि उपलब्ध गराउन माग गरिन्।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  २ : २२ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम