लेक लागेका युवाको उद्धार र क्यान्सरको औषधि उपलब्ध गराउन सांसदहरूको माग « Khabarhub

लेक लागेका युवाको उद्धार र क्यान्सरको औषधि उपलब्ध गराउन सांसदहरूको माग


७ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले बझाङमा यार्सागुम्बा संकलनका क्रममा लेक लागेर गम्भीर बिरामी भएका युवाको तत्काल उद्धार गर्न तथा क्यान्सर उपचारमा प्रयोग हुने औषधिको अभाव अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद ऐन महरले बझाङको सुर्मा गाउँपालिका–१ का २२ वर्षीय प्रेम बोहरा यार्सागुम्बा संकलनका क्रममा उच्च हिमाली क्षेत्रमा लेक लागेर गम्भीर बिरामी परेको जानकारी गराउँदै तत्काल उद्धारको व्यवस्था गर्न माग गरे।

प्रतिनिधिसभाको बैठकमा समय लिएर उनले बोहरा पाँच हजार मिटरभन्दा माथिको क्षेत्रमा यार्सागुम्बा संकलन गर्न गएको र हाल गम्भीर अवस्थामा रहेको बताए।

‘बिरामीलाई त्यस क्षेत्रबाट बोकेर ल्याउने अवस्था छैन, तत्काल ज्यान जाने खतरा छ,’ सांसद महरले भने, ‘उनको तुरुन्त उद्धार गरी जीवन रक्षा गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

त्यस्तै, नेपाली कांग्रेसकी सांसद गङ्गालक्ष्मी अवालले क्यान्सर उपचारमा प्रयोग हुने ‘कार्गोप्लाटिन’ औषधिको देशभर अभाव भएको भन्दै सरकारको ध्यानाकर्षण गराइन्।

उनले औषधि अभावका कारण अस्पतालहरूले बिरामीलाई उपचार नगरी घर फर्काउने अवस्था आएको उल्लेख गर्दै तत्काल आवश्यक औषधि उपलब्ध गराउन माग गरिन्।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  २ : २२ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली