कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण « Khabarhub

कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्यामा समाधान गर्न सरकारको ध्यानाकर्षण


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सांसदहरुले कृषि, पर्यटन, रोजगारी र अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । 

प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरूले वर्खाको समयमा सिँचाइको भरपर्दो व्यवस्था तथा मल, बीउको प्रबन्ध, करको दायरा वृद्धि, मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणलागयत विषयमा सरकारको ध्यानाकृष्ट गराए ।
 
राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद दीपकराज बोहराले जल तथा मौसम विज्ञान विभागको सदरदभन्दा कम वर्षा हुने प्रक्षेपणबाट किसानहरू प्रभावित हुने अवस्था आउनसक्ने भन्दै उक्त चुनौती सम्बोधनका लागि योजना निर्माण गर्न सरकारको ध्यानाकर्षण गराए ।
 
‘खेतमा पानी कम हुनेछ, धान रोपाइँ ढिला हुनेछ, कुलो सुक्नेछ, तराईमा लु चल्नेछ, वनमा डढेलो लाग्नेछ, जनताको भान्छामा प्रत्यक्ष असर पर्नेछ’, उनले भने, ‘नेपालको कृषि आकाशे पानीको भरमा चलिरहेको छ, असार/साउनमा पानी नपरे खेत बाँझै रहनेछ, यसको सिधा असर अर्थतन्त्रमा पर्नेछ, यसतर्फ सरकारको ध्यान जाओस् ।’
 
नेपाली कांग्रेसका सांसद प्रकाशसिंह कार्कीले करको दर बढाउने मात्रै नभई करको दायरा वृद्धि गरी अर्थतन्त्रलाई फराकिलो बनाउन सुझाव दिए । उनले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन, विकास निर्माणलाई दिगो बनाउन र पर्यटन प्रवर्द्धन गर्न माग गरे ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ४ : २५ बजे

प्रधानमन्त्री पत्नी काफ्लेले भनिन् : सुरक्षाकर्मीले बाेकेको ब्याग मेरो होइन

काठमाडौं – प्रधानमन्त्री बालेन शाहकी पत्नी सविना काफ्लेले आफ्नो ब्याग

रास्वपा महाधिवेशन : मतदान समय आधा घण्टा पछि सारियो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत केन्द्रीय

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने १९ वर्षीय युवक पक्राउ

काठमाडौं – सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गरेको अभियोगमा चन्द्रागिरी

बेनी–जोमसोम सडकको महभिर पहिरोमा पुरिएका चालकको उद्धार

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ महभिरमा बुधबार पहिरोमा पुरिएको गाडीबाट

रास्वपाको महाधिवेशन : नौ मन्त्री केन्द्रीय सदस्यको प्रतिस्पर्धामा

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को चितवनको भरतपुरमा जारी प्रथम