मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली « Khabarhub

मोटरको विवरण फरक देखाई आधा दर्जनभन्दा बढी विद्युतीय गाडी आयात, अर्बौं राजस्व छली


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मोटरपावरको विवरण फरक पारेर चीनबाट आयात हुने आधा दर्जन बढी सवारी साधनका आपूर्तिकर्ताले अर्बौं राजस्व छली गरेका छन् । 

महालेखापरीक्षक कार्यालयको ६३औँ प्रतिवेदनले चीनबाट विद्युतीय सवारी साधनका आपूर्तिकर्ताले आधा दर्जन बढी सवारी साधनको मोटर पावरको विवरण परिवर्तन गरेर राजस्व छलेको औँल्याएको हो ।

भन्सार महसुल ऐन, २०८१ को अनुसूची ३ बमोजिम पैठारी भएका विद्युतीय सवारीसाधनको पिक मोटर पावरका आधारमा २० र ३० प्रतिशत भन्सार शुल्क र १५ र २० प्रतिशत अन्तःशुल्क लाग्ने व्यवस्था छ । तर, केही सवारी साधनको आपूर्तिकर्ताले भने सवारीसाधनको पिक पावर मोटरको क्षमता भन्दा फरक विवरण बिलबिजकमा उल्लेख गरेर भन्सार शुल्क र अन्तःशुल्क छल्ने काम गरेको महालेखाले औँल्याएको हो ।

महालेखाले यस्तो छली अनएसेम्बल्ड र ऐसेम्बल्ड दुवैमा भएको पनि विवरणमा उल्लेख गरेको छ ।

प्रतिवेदनले डिपल, ज्याक्व जे ६, एभटर ११ र एक्स पिङ मोडेलको सवारीसाधनको आधिकारिक कम्पनीको वेबपेजमा उपलब्ध क्याटलगको आधारमा हेर्दा ती सवारी साधनको आयात गर्दा राजस्व छली भएको हुनसक्ने भन्दै १ अर्ब १० करोड ९ लाख ४३ हजार यकिन गरी असुल गर्नुपर्ने औँल्याएको छ ।

त्यस्तै, डोङफेङ नामको सवारी साधनको आयातको क्रममा १७ करोड ४१ लाख २९ हजार र एक्स ३० एलईभी प्यासेन्जर भ्यानको आयातको क्रममा ९ करोड ८० लाख ५१ हजार रुपैयाँ राजस्व छली भएको भन्दै यकिन गरी असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ४ : २९ बजे

संघीय कृषि बजारको दैनिक थोक मूल्य अब मोबाइलबाटै थाहा पाइने

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले कृषकलाई कृषि उपजको

देवानगञ्जको तनाव दुई घण्टापछि आयो नियन्त्रणमा

काठमाडौँ। सुनसरीको देवानगन्ज बजारमा भएको झडप नियन्त्रणमा आएको छ ।

सुनसरी घटनाबारे गगन थापा : उत्तेजनामा हैन, गम्भीर भएर सोचौँ र हामी सबै जिम्मेवार बनौँ

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सुनसरी घटनाबारे संयम

सुनसरी घटनाबारे छलफल गर्न रवि लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । रास्वपा सभापति रवि लामिछानेले सुनसरीमा भएको घटनाबारे छलफल

लुम्बिनीमा सवारी दुर्घटनाबाट एक वर्षमै ५८५ को मृत्यु, ८ हजार ५८ जना घाइते

लुम्बिनी । गत आर्थिक वर्ष २०८२/८३ मा लुम्बिनी प्रदेशका १२