अस्ट्रेलियाद्वारा चिनियाँ लागानीकर्तालाई खनिज  कम्पनीको सेयर बिक्री गर्न निर्देशन « Khabarhub

अस्ट्रेलियाद्वारा चिनियाँ लागानीकर्तालाई खनिज  कम्पनीको सेयर बिक्री गर्न निर्देशन


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अस्ट्रेलियाका अर्थमन्त्री जिम चालमर्सले ‘नर्दन मिनरल्स’ नामक बहुमूल्य खनिज उत्खनन् कम्पनीका ६ जना सेयरधनीहरूलाई आफ्नो सेयर बिक्री गर्न निर्देशन दिएका छन्। चिनियाँ पक्षले उक्त कम्पनीमाथि नियन्त्रण जमाउन खोजेको आशंका बढेपछि यस्तो कदम चालिएको हो ।

नर्दन मिनरल्सले हाल पश्चिम अस्ट्रेलियामा ‘ब्राउन्स रेन्ज’ नामको बहुमूल्य र भारी दुर्लभ खनिज (हेभी रेयर अर्थ्स) परियोजना विकास गरिरहेको छ । सेमिकन्डक्टर र रक्षा जस्ता महत्त्वपूर्ण उद्योगहरूका लागि यो खनिज निकै अत्यावश्यक मानिन्छ ।

यस क्षेत्रमा चीनको एकलौटी एकाधिकारलाई तोड्न पश्चिमी देशहरूले प्रयास गरिरहेका बेला अस्ट्रेलियाको यो निर्णय बाहिर आएको हो। अर्थमन्त्री चालमर्सले एक विज्ञप्ति जारी गर्दै देशको राष्ट्रिय हितको रक्षा गर्न र वैदेशिक लगानी सम्बन्धी नियमहरूको पालना सुनिश्चित गर्न यो निर्णय लिइएको बताएका छन्।

अस्ट्रेलियाको वैदेशिक लगानी संरचना बलियो र भेदभावमुक्त रहेको उल्लेख गर्दै उनले राष्ट्रिय हितका लागि आवश्यक परे आगामी दिनमा अझ कडा कदम चाल्न सक्ने चेतावनी दिएका छन्। यता नर्दन मिनरल्सले अर्थमन्त्रीको आदेशबारे आफू जानकार रहेको र अबको कदमबारे विचार गरिरहेको जनाएको छ ।

यो खबर सार्वजनिक भएलगत्तै कम्पनीको सेयर मूल्यमा ८ प्रतिशतभन्दा बढीको गिरावट आएको छ। यसैबीच, बेइजिङमा आयोजित नियमित पत्रकार सम्मेलनमा चीनको विदेश मन्त्रालयले अस्ट्रेलियालाई चिनियाँ लगानीकर्ताहरूको अधिकार र हितको सम्मान गर्न आग्रह गरेको छ।

चीनले विदेशी लगानीका लागि पारदर्शी र भेदभावमुक्त व्यावसायिक वातावरण बनाउन अस्ट्रेलियासँग माग गरेको छ। नर्दन मिनरल्सको सेयर स्वामित्वलाई लिएर अस्ट्रेलियाली सरकारले हस्तक्षेप गरेको यो पहिलो पटक भने होइन।

यसअघि सन् २०२४ मा पनि राष्ट्रिय हितकै कारण देखाउँदै पाँचवटा चिनियाँ पक्षलाई आफ्नो सेयर बेच्न आदेश दिइएको थियो। त्यतिबेला तीमध्ये केही कम्पनीहरूले हङकङस्थित ‘यिङ ताक’ नामक लगानीकर्ता कम्पनीलाई सेयर बेचेका थिए।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ५९ बजे

राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरुद्ध आरोप पत्र दायर

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष

मन्त्री बज्राचार्यद्वारा पद तथा गोपनीयताको शपथ

बागमती– बागमती प्रदेशका नवनियुक्त भौतिक पूर्वाधार विकासमन्त्री शैलेन्द्रमान बज्राचार्यले आज पद

मन्त्रालयले मुलुक केन्द्रित रणनीतिमा काम गरिरहेको छ : परराष्ट्रमन्त्री

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले परराष्ट्र मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका

पाकिस्तानको खैबर पख्तुनख्वामा प्रहरीचौकी नजिकै आत्मघाती बम विस्फोट, १७ जनाको मृत्यु

पेशावर– पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लाको कबाल प्रकरी चौकी

भूमिहीन र सुकुम्वासी समस्या समाधानमा वर्तमान सरकार कटिबद्ध

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सत्तापक्षका सांसदले भूमिहीन र सुकुम्वासी समस्या