नर्वेमा जासुसीको आरोपमा अर्का चिनियाँ नागरिक पक्राउ « Khabarhub

नर्वेमा जासुसीको आरोपमा अर्का चिनियाँ नागरिक पक्राउ


७ जेठ २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नर्वेमा गुप्तचरी गर्न खोजेको आशंकामा एक चिनियाँ नागरिकलाई पक्राउ गरिएको छ । यसै महिना नर्वेमा चिनियाँ नागरिक पक्राउ परेको यो दोस्रो घटना हो ।

नर्वेको आन्तरिक सुरक्षा निकाय (पीएसटी) का प्रवक्ता एइरिक वेउमका अनुसार ती व्यक्तिमाथि नोर्डल्यान्ड क्षेत्रमा गैरकानुनी जासुसी गतिविधि गर्न खोजेको आशंका गरिएको छ । उनका वकिलहरूले भने यी आरोपहरूलाई अस्वीकार गरेका छन् । अदालतले उनलाई चार हप्ताका लागि हिरासतमा राख्न अनुमति दिएको छ ।

यसअघि यही महिना एक चिनियाँ महिलालाई पनि पक्राउ गरिएको थियो । उनीमाथि नर्वेमा दर्ता भएको एउटा कम्पनीलाई आवरणका रूपमा प्रयोग गरेकी थिइन् ।

नर्वेका गुप्तचर एजेन्सीहरूले चीन र रुसलाई आफ्नो देशको मुख्य सुरक्षा खतराका रूपमा औँल्याउँदै आएका छन् । सन् २०२४ को राष्ट्रिय जोखिम मूल्याङ्कन प्रतिवेदन अनुसार रुसी र चिनियाँ जासुसी एजेन्सीहरूले नर्वेको भूमिमा विभिन्न माध्यमबाट चुनौती खडा गरिरहेका छन् ।

प्रकाशित मिति : ७ जेठ २०८३, बिहीबार  ६ : ५९ बजे

 सभामुखसँग अमेरिकी कावा राजदूत शिष्टाचार भेट

काठमाडौँ– सभामुख डोलप्रसाद (डिपी) अर्यालसँग नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत मेगन

सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)

काठमाडौँ– रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् ।

उपराष्ट्रपति यादवसँग प्रधान सेनापति सिग्देलको शिष्टाचार भेट

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग प्रधान सेनापति अशोकराज सिग्देलले शिष्टाचार भेट

पाकिस्तानी लेजेन्ड मिस्बाह-उल-हक सुदूरपश्चिम रोयल्सको प्रशिक्षक

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएल टिम सुदूरपश्चिम रोयल्सले पाकिस्तानी लेजेन्ड

सरकारी सफ्टवेयर प्रणाली सुधारका लागि प्राविधिक विज्ञ माग, कात्तिक १८ सम्म आवेदन दिन सकिने

काठमाडौँ – नेपाल सरकारका निकायहरूका लागि आवश्यक सफ्टवेयर प्रणालीको विकास,