काठमाडौँ – २०८३ साल असार ७ गते आइतबार सन् २०२६ जुन २१ तारिख। जेठ शुक्ल पक्षको सप्तमी तिथि । रवी सप्तमी व्रत, अन्तर्राष्ट्रिय बुवा दिवस, विश्व योग दिवस, संगीत दिवस । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः
मेष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। राजनीतिक क्षेत्रमा भने विपक्षी सक्रिय भएकाले अवरोध हुनसक्ने जोखिम छ।
वृष :स्वास्थ्यमा सम:या देखिनेछ । आज कसैलाई दिएको धन डुब्ने भएकाले कसैलाई सापटी दिँदा सचेत हुनुपर्नेछ । धार्मिक व्यक्तिसँगको भेटले नयाँ योजना अगाडि बढ्नेछन्। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।
मिथुन : शिक्षामा प्रगति हुनेछ। आज व्यापारमा फाइदा हुनेछ । साथीको साथ मिल्नेछ। निजी क्षेत्रको शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ।
कर्कट : परिवारसँग घुमघामको अवसर मिल्नेछ। सानो कुराले मनमा उत्साह दिनेछ । आज दीर्घकालीन योजना अगाडि बढाउनु उचित हुनेछ।
सिंह : आज शुभ दिन छ । शुध खबर सुन्नाले मन आनन्दित हुनेछ । बौद्धिक व्यक्तिको संगत गरेमा काम बन्ने योग छ। पारिवारिक मेलमिलाप हुनेछ ।
कन्या : दिन सामान्य छ। ठुला योजनामा हात नलगाउनु राम्रो हुनेछ। खर्च बढ्नेछ । राज्यको तर्फबाट साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।
तुला : शिक्षाको क्षेत्रमा जोस र जाँगर बढ्नेछ। तपाईंको श्रमको उचित मूल्यांकन हुनेछ। विपक्षी साथी शान्त रहेकाले तपाईंको काम बन्नेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्ने योग छ।
वृश्चिक : दिन राम्रो छ। आफ्नो सन्तुष्टि अनुसार नै व्यवहार अगाडि बढ्नेछ। निजी शिक्षामा गरेको लगानीबाट नाफा हुनेछ। साथीभाइसँग गोपनीयता भंग नगर्नु उचित हुनेछ।
धनु : जुनसुकै काम गरे पनि सहकार्यमा अगाडि बढाउनु उचित हुन्छ। व्यक्तिगत ढंगले अगाडि नबढ्नु उचित हुनेछ। मन खिन्न हुनेछ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा फाइदा हुनेछ।
मकर : जोगिएर यात्रा गर्नुपर्ने दिन छ । प्राप्त सम्पत्ति सदुपयोग गर्नु उचित हुनेछ। उपचारमा भएस्वास्थ्यमा सुधार हुनेछ। शिक्षा क्षेत्रमा गरेको अध्ययनले उचित :थान पाउने दिन छ। परिवारमा मनमुटावको जोखिम छ।
कुम्भ : परिवारमा रमाइलो गर्ने दिन छ । मन प्रफुल्ल बन्नेछ। सञ्चित धन खर्च भए पनि दीर्घकालीन योजना बन्नेछन्। तर रोग बढ्नेछ। धार्मिक क्षेत्रमा सहभागी हुँदा दिन सहज बन्नेछ।
मीन : पठनपाठनमा मन जानेछ । सञ्चित धन खर्च हुने दिन छ। काममा ढिलासु:ती हुने जोखिम हुन्छ। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नु उचित हुनेछ।












प्रतिक्रिया