रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय « Khabarhub

रास्वपा महाधिवेशन प्रतिनिधिको प्रारम्भिक नामावली सार्वजनिक, दाबी-विरोधका लागि भोलि बिहानसम्मको समय


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको प्रारम्भिक नामावली प्रकाशन गरेको छ । आयोगले आइतबार बिहान एक सूचना जारी गर्दै प्रतिनिधिको प्रारम्भिक सूची सार्वजनिक गरेको हो ।

प्रकाशित नामावलीमा कुनै नाम छुटेको, विवरण सच्याउनु पर्ने वा दाबी-विरोध गर्नुपर्ने भएमा चितवनस्थित औद्योगिक प्रदर्शनी स्थलमा रहेको महाधिवेशन सचिवालयमा सम्पर्क गर्न आयोगले अनुरोध गरेको छ । यस्तै, नामावलीमा नाम भएर पनि पार्टी सदस्यता नम्बर उल्लेख नभएका, लेभी भुक्तानी नगरेका वा पार्टी पोर्टलमा अभिलेख नरहेका प्रतिनिधिलाई आवश्यक प्रमाणसहित आयोगको सचिवालयमा सम्पर्क गर्न भनिएको छ ।

आयोगका अनुसार नामावली सम्बन्धी दाबी-विरोध तथा विवरण सच्याउने अन्तिम समय असार ८ गते बिहान १०:०० बजेसम्मका लागि तोकिएको छ । उक्त समयसीमा भित्र सम्पर्क नगर्ने प्रतिनिधिहरूको नाम अन्तिम नामावलीबाट हटाइने आयोगले चेतावनी दिएको छ ।

निर्वाचन आयोगले उम्मेदवारी घोषणा सम्बन्धी कडा नियम समेत सार्वजनिक गरेको छ । जसअनुसार यसअघि पार्टीका वडा, पालिका, जिल्ला तथा प्रदेश अधिवेशनको कुनै पनि पदमा उम्मेदवार भई पराजित भएका पार्टी सदस्यले राष्ट्रिय महाधिवेशन अन्तर्गत कुनै पनि पदमा उम्मेदवार बन्न पाउने छैनन् । यस विपरीत उम्मेदवारी दिएको पाइएमा त्यस्तो उम्मेदवारी स्वतः रद्द हुने प्रमुख निर्वाचन आयुक्त भुवन केसीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : ०५ बजे

‘सार्वजनिक ऋणको बारेमा जनताले थाहा पाउनुपर्छ’

सार्वजनिक ऋण भनेको सरकारको ऋण हो हामीले किन थाहा पाउनुपर्यो

‘बसाइँसराइ रोक्न स्थानीयस्तरमा नागरिकलाई आबद्ध गर्ने नीति आवश्यक’

काठमाडौं– राष्ट्रियसभको आजको बैठकमा सदस्य रामकुमारी झाँक्रीले अव्यवस्थित बसाइँसराइ नियन्त्रणका लागि

शिक्षामन्त्रीको जवाफ- सुकुम्वासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको पढाइमा समस्या हुँदैन

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौँ उपत्यकामा सुकुम्वासी बस्ती

शान्ति र सद्भावका लागि काठमाडौंमा नागरिक र्‍याली

काठमाडौं– शान्ति, सद्भाव र सामाजिक एकताका लागि नागरिक अगुवाहरुले काठमाडौंमा

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज