चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि « Khabarhub

चितवनको महाधिवेशनस्थल हिलाम्ये, सास्ती खेप्दै रास्वपा प्रतिनिधि


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन सुरु हुन लाग्दा महाधिवेशनस्थल जलमग्न र हिलाम्ये बनेको छ ।

चितवनको औद्योगिक प्रदर्शनी स्थलमा आयोजना गरिएको महाधिवेशनको मुख्य क्षेत्र नै वर्षाका कारण पानीले भरिएपछि व्यवस्थापनमा सास्ती भएको छ ।

अधिवेशनस्थलमा पानी जमेर अशान्त बनेपछि आयोजकले मोटरको सहायताले पानी तान्ने प्रयास गरिरहेका छन् । पानी परिरहेकाले भुइँ हिलाम्ये हुनुका साथै प्रतिनिधि तथा सर्वसाधारणलाई आवतजावतमा समेत समस्या उत्पन्न भएको छ । उद्घाटन सत्रको समय नजिकिँदै गर्दा प्राविधिक तथा स्वयम्सेवकहरू मैदानमा जमेको पानी फाल्न र हिलो व्यवस्थापन गर्न व्यस्त देखिएका छन् ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १० : १४ बजे

धरानमा दसैँमा २६ करोड बढीको खसीबोका कारोबार

सुनसरी- बडादसैँलाई लक्षित गरी धरान उपमहानगरपालिका–१३ स्थित कृषिउपज बजारबाट यसवर्ष

ड्रोनको भग्नावशेष लागेर साउदी अरबमा नेपालीको मृत्यु भएकोमा सरकारद्वारा दुःख व्यक्त

काठमाडौं- सरकारले साउदी अरबको सयबाह क्षेत्रमा खसालिएको ड्रोनको भग्नावशेष लागेर

एनपीएलको टिकट मूल्य सार्वजनिक

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले तेस्रो संस्करणको नेपाल प्रिमियर

साउदी रक्षा मन्त्रालय, फहद र आब्हा विमानस्थल तथा आरामको तेल केन्द्रमा हमला गरेको हुथीको दाबी

काठमाडौं- यमनको विद्रोही समूह हुथीले साउदी अरेबियाका विभिन्न सामरिक महत्वका

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी

अर्घाखाँची- सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ,