नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुन्छ : उपराष्ट्रपति यादव « Khabarhub

नियमित योग अभ्यासले स्वास्थ्य सबल र मानसिक शान्ति हुन्छ : उपराष्ट्रपति यादव


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले नियमित योग अभ्यासबाट शारीरिक स्वास्थ्यका साथै मानसिक शान्ति, सकारात्मक सोच र आत्मिक उत्थानमा सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

अन्तर्राष्ट्रिय योग दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले योगलाई दैनिक जीवनशैलीमा आत्मसात् गरी स्वस्थ, अनुशासित र सन्तुलित जीवनतर्फ अग्रसर हुन सबैमा आग्रह गरेका छन् ।

उपराष्ट्रपति यादवले पछिल्लो समय हृदयाघात, मधुमेहलगायत दीर्घकालीन नसर्ने रोगको रोकथाम तथा नियन्त्रणमा योगको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै योग मानसिक तनाव, जीवनशैलीजन्य रोग तथा सामाजिक असन्तुलन घटाउने प्रभावकारी माध्यम बनेको बताएका छन् ।

‘योगले जात, धर्म, भाषा वा सीमाभन्दा माथि उठेर सम्पूर्ण मानव समुदायलाई एकताको सूत्रमा बाँध्ने सन्देश दिन्छ । यसले विश्वशान्ति, सहिष्णुता र सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण योगदान पुर्‍याउँछ,’ शुभकामना सन्देशमा उल्लेख छ ।

योग शारीरिक अभ्यास मात्र नभई जीवनलाई अनुशासित, सन्तुलित, सुस्वस्थ र समृद्ध बनाउने महत्वपूर्ण जीवनपद्धति भएको उल्लेख गर्दै उनले आत्मा, शरीर र मनबीच सामञ्जस्य स्थापित गर्न योगले सहयोग गर्ने बताए ।

स्वस्थ जीवनशैलीको अभ्यासमार्फत समृद्ध राष्ट्र र सशक्त समाज निर्माण गर्न सकिने उपराष्ट्रपति यादवको भनाइ छ ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ११ : १९ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि