नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह « Khabarhub

नेपाली ‘डायस्पोरा’लाई मातृभूमिमा लगानी गर्न आग्रह


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन डिसी- अमेरिकामा रहेका नेपालीलाई नेपालका तुलनात्मक लाभका क्षेत्रमा लगानी गरी प्रतिफल प्राप्त गर्न यहाँस्थित नेपाली दूतावासले आग्रह गरेको छ ।

‘नेपाली डायस्पोरा र नेपालको समृद्धि, व्यापार, लगानी र नवप्रवर्तनमा चुनौती र अवसर’ शीर्षकमा दूतावासले आज आयोजना गरेको छलफलमा कार्यवाहक राजदूत शरद्राज अरणले मातृभूमिको उन्नयनका निम्ति पुँजी परिचालन गर्न अनुरोध गरेका हुन् । 

विदेशमा रहेका नेपालीको ज्ञान, सीप र पुँजीलाई नेपालको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिँदै  उनले  गैरआवासीय नेपालीका लागि लगानीमैत्री वातावरण निर्माण गरिएकाले ढुक्क भएर नेपालमा लगानी गर्न आग्रह गरे । सहभागीहरूले नेपालमा लगानीको सम्भावना, अवसर र चुनौतीबारे विस्तृत छलफल गरेका थिए ।

महावाणिज्यदूत लक्ष्मण खनालले नेपालमा सूचना प्रविधि, पर्यटन र ऊर्जा क्षेत्रबाट उच्च प्रतिफल प्राप्त हुने जानकारी दिँदै प्रवासी नेपालीले  ती क्षेत्रमा उपलब्ध लगानीका अवसर गुमाउन नहुनेमा जोड दिए । 

उद्यमी लोक तिवारीले अमेरिकामा विभिन्न पेशा र व्यवसायमा रहेका नेपालीले आफ्नो सीप र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नपर्छ भन्दै नेपाललाई प्राप्त विप्रेषण उत्पादनशील क्षेत्रमा लगानी गर्न सुझाए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  १ : १७ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा