सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा « Khabarhub

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उपस्थित भएका प्रतिनिधिहरूको प्रशंसा गरेका छन् । उनले पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका व्यक्तिहरू देश बनाउने अठोट लिएर चितवनको महाधिवेशनमा उपस्थित भएको भन्दै उनीहरूको प्रशंसा गरे ।

राउतले प्रधानमन्त्री बालेन्द्र शाहको क्षमता र नेतृत्वको समेत प्रशंसा गरेका छन् । महाधिवेशनमा उपस्थित भएका नेताहरू कुनै पद र प्रतिष्ठाका लागि आएको नभएर देशलाई समृद्ध बनाउनका लागि पार्टीलाई सहयोग गर्न आएको राउतको भनाइ थियो ।

‘तपाईँहरू महाधिवेशनमा पदको लागि आउनुभएको होइन। तपाईँहरूमा यो देश बदल्ने उत्कट चाहना छ। त्यसको लागि आउनुभएको हो। म भित्र पनि देश बनाउने चाहना भएकाले तपाईहरुलाई शुभकामना दिन उपस्थित भएको हुँ,’ राउतले भने, ‘जुन सपना तपाईँहरूले देख्नुभएको छ त्यही शुभकामना मैले पनि देखेको छु । कुनै प्रतिस्पर्धीको होइन तपाईंको सहयात्री र सहयोगीको रुपमा शुभकामना दिन उपस्थित भएको छु ।’

विगतमा आफूले समानताका लागि आन्दोलन गरेको स्मरण गर्दै राउतले मधेसीको छोरा बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएकोमा प्रशंसा गरे । उनले प्रधानमन्त्रीलाई स्मार्ट स्टाइलिश डाइजिङ भन्दै प्रशंसा समेत गरे। राउतले व्यङ्ग्य गर्दै कुनै दिन विपक्षी दलले कालो ड्रेस लाउन प्रधानमन्त्रीले निषेध गर्न नसक्लान् भन्न नसकिने उल्लेख गरे ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : १७ बजे

पाकिस्तानका हुसेनले तलतले कर्णाली याक्सबाट एनपिएल खेल्ने

काठमाडौँ- पाकिस्तानका अलराउन्डर हुसेन तलतले नेपाल प्रिमियर लिग (एनपिएल) को

पछिल्लो २४ घण्टामा सवारी दुर्घटनामा पाँचको मृत्यु, ३१३ घाइते

काठमाडौँ- पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएको सवारी दुर्घटनामा

युक्रेन युद्धबारे वार्ता गर्न रुस तयार

मस्को- रुसले युक्रेन र अमेरिकासँग त्रिपक्षीय वार्ता पुनः सुरु गर्न

के हो पीएचपी ?

काठमाडौं- पछिल्लो समय विश्वभरका सरकारी तथा अन्य महत्त्वपूर्ण वेबसाइटहरूमा अचानक

एशियाली चेसमा सहभागी हुने नेपाली टोली भारत प्रस्थान

काठमाडौँ– भारतको गुजरातस्थित अहमदाबादमा यही अक्टोबर २२ देखि ३१ तारिखसम्म