सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा « Khabarhub

सीके राउतले गरे रास्वपा र प्रधानमन्त्रीको प्रशंसा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले राष्ट्रिय स्वतन्त्र पार्टीको महाधिवेशनमा उपस्थित भएका प्रतिनिधिहरूको प्रशंसा गरेका छन् । उनले पूर्वी नेपालको ताप्लेजुङदेखि सुदूरपश्चिमको दार्चुलासम्मका व्यक्तिहरू देश बनाउने अठोट लिएर चितवनको महाधिवेशनमा उपस्थित भएको भन्दै उनीहरूको प्रशंसा गरे ।

राउतले प्रधानमन्त्री बालेन्द्र शाहको क्षमता र नेतृत्वको समेत प्रशंसा गरेका छन् । महाधिवेशनमा उपस्थित भएका नेताहरू कुनै पद र प्रतिष्ठाका लागि आएको नभएर देशलाई समृद्ध बनाउनका लागि पार्टीलाई सहयोग गर्न आएको राउतको भनाइ थियो ।

‘तपाईँहरू महाधिवेशनमा पदको लागि आउनुभएको होइन। तपाईँहरूमा यो देश बदल्ने उत्कट चाहना छ। त्यसको लागि आउनुभएको हो। म भित्र पनि देश बनाउने चाहना भएकाले तपाईहरुलाई शुभकामना दिन उपस्थित भएको हुँ,’ राउतले भने, ‘जुन सपना तपाईँहरूले देख्नुभएको छ त्यही शुभकामना मैले पनि देखेको छु । कुनै प्रतिस्पर्धीको होइन तपाईंको सहयात्री र सहयोगीको रुपमा शुभकामना दिन उपस्थित भएको छु ।’

विगतमा आफूले समानताका लागि आन्दोलन गरेको स्मरण गर्दै राउतले मधेसीको छोरा बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाएकोमा प्रशंसा गरे । उनले प्रधानमन्त्रीलाई स्मार्ट स्टाइलिश डाइजिङ भन्दै प्रशंसा समेत गरे। राउतले व्यङ्ग्य गर्दै कुनै दिन विपक्षी दलले कालो ड्रेस लाउन प्रधानमन्त्रीले निषेध गर्न नसक्लान् भन्न नसकिने उल्लेख गरे ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : १७ बजे

भ्रामक सूचना र उत्तेजक सामग्री पोस्ट नगर्न प्रहरीको आग्रह

कर्णाली– कर्णाली प्रदेश कार्यालय सुर्खेतका प्रमुख प्रहरी नायब महानिरीक्षक जयराज

नेपाल आइपुगिन् बलिउड स्टार शिल्पा शेट्टी 

काठमाडौं– बलिउड अभिनेत्री शिल्पा शेट्टी शुक्रबार काठमाडौं आइपुगेकी छन् ।

धार्मिक सहिष्णुता र राष्ट्रिय एकताका पक्षमा उभिन धार्मिक समुदायका अगुवाको अपिल

काठमाडौं– विभिन्न धार्मिक समुदायका अगुवाहरूले शान्ति, सद्भाव, धार्मिक सहिष्णुता, विधिको शासन

भारतको सहयोगमा दाङको राप्ती आँखा अस्पतालमा नयाँ अपरेसन थिएटर भवन उद्घाटन

काठमाडौं– भारत सरकारको आर्थिक सहयोगमा दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित राप्ती

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि