रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन « Khabarhub

रास्वपाले पाएको जिम्मेवारी पुरा नगरे देश र जनतालाई धोका हुन्छ : राजेन्द्र लिङ्देन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले रास्वपाले पाएको जिम्मेवारी पुरा गर्ने अवसर चुकाए देश र जनतालाई धोका हुने बताएका छन् ।  

आइतबार चितवनमा रास्वपाको प्रथम महाधिवेशन उद्घाटन सत्रमा शुभकामना दिँदै अध्यक्ष लिङ्देनले इतिहासले रास्वपालाई ठूलो जिम्मेवारी दिएको भन्दै उक्त जिम्मेवारी पुरा गर्ने अवसर चुकाए रास्वपा र रास्वपाको नेतृत्वलाई मात्रै नभई देश र जनतालाई नै धोका हुने बताएका हुन् ।

उनले अहिलेको समस्या यसअघिका नेताहरूका कारण मात्रै नभई उनीहरूले ल्याएको संविधान र संवैधानिक व्यवस्थामा रहेकाले वर्तमान संविधानमा सुधार र परिवर्तन नगरी मुलुक अघि बढ्न नसक्ने उल्लेख गरे । त्यसका लागि राष्ट्रिय सहमति निर्माण गर्नुपर्ने उनले बताए । 

त्यस्तै अध्यक्ष लिङ्देनले  हिजो अरूले निषेध गरेकै आधारमा आज रास्वपा नेतृत्वको सरकारले पनि त्यस्तै बाटो समाते पुरानै दुर्दशा भोग्नुपर्ने अवस्था आउन सक्ने तर्फ सचेत गराए ।

प्रतिपक्षीका हिसाबले राप्रपाले सरकारका राम्रा कामको समर्थन र गलत कामको सदैव खबरदारी गर्ने उनको भनाइ छ । 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ४ : ५५ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा