डिम्ब तस्करी प्रकरणमा कारबाहीको माग गर्दै किशोरीहरूको प्रदर्शन « Khabarhub

डिम्ब तस्करी प्रकरणमा कारबाहीको माग गर्दै किशोरीहरूको प्रदर्शन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- डिम्ब (एग) तस्करी र अवैध डिम्ब व्यापारमा संलग्नलाई कारबाही गर्न माग गर्दै ‘जेनजी’ (जेन-जी) पुस्ताका किशोरीहरूले आइतबार माइतीघर मण्डलमा प्रदर्शन गरेका छन्।

बिहान ११:३० बजेदेखि दिउँसो १२ बजेसम्म सञ्चालन भएको प्रदर्शनमा सहभागीहरूले पीडित किशोरीहरूलाई न्याय दिनुपर्ने, डिम्ब तस्करीमा संलग्न रहेको आरोप लागेकाहरूलाई पक्राउ गरी फौजदारी मुद्दा चलाउनुपर्ने माग गरेका थिए।

प्रदर्शनकारीहरूले पूर्वमहान्यायाधिवक्ता सबिता भण्डारी बराललाई तत्काल पक्राउ गर्नुपर्ने तथा ‘होप फर्टिलिटी’ लगायतका संस्थासँग सम्बन्धित रहेको आरोप लागेका डा. स्वस्ति शर्मा, असिम अधिकारी, मलिनी चौधरी, अलिसा ओली र जस्टिना प्रधानमाथि कानुनी कारबाही गरी मेडिकल लाइसेन्स खारेज गर्नुपर्ने माग राखेका छन्।

प्रदर्शनमा डिम्ब तस्करीविरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएका युवा अभियन्ता किरण बिकको पनि सहभागिता रहेको थियो।

शक्तिको दुरुपयोग गरेको आरोप

प्रदर्शनका क्रममा आन्दोलनकारीहरूले पूर्वमहान्यायाधिवक्ता भण्डारीमाथि पद र शक्तिको दुरुपयोग गरी आफूविरुद्धको मुद्दा प्रभावित बनाएको आरोप लगाए।

उनीहरूले राजनीतिक तथा प्रशासनिक पहुँचको प्रयोग गरेर डिम्ब तस्करीसँग सम्बन्धित प्रकरणलाई कमजोर बनाइएको दाबी समेत गरेका छन्।

प्रदर्शनलाई सम्बोधन गर्दै युवा अभियन्ता किरण बिकले डिम्ब तस्करी प्रकरणमा संलग्न रहेको आरोप लागेकामाथि फौजदारी अभियोग दर्ता गरी कानुनी प्रक्रिया अघि नबढेसम्म आन्दोलन जारी रहने चेतावनी दिए।

उनले अवैध डिम्ब व्यापारले किशोरीहरूको स्वास्थ्य, भविष्य र अधिकारमाथि गम्भीर असर पारिरहेको भन्दै दोषीलाई राजनीतिक वा प्रशासनिक संरक्षण नदिन सरकारसँग माग गरे।

प्रदर्शनकारीहरूले निष्पक्ष छानबिन, दोषीमाथि कानुनी कारबाही तथा पीडितलाई न्याय सुनिश्चित गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ३२ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ