राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनामा नपरोस् भन्ने कामना गर्छु : सभापति थापा « Khabarhub

राष्ट्रिय स्वतन्त्र पार्टी दुर्घटनामा नपरोस् भन्ने कामना गर्छु : सभापति थापा


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सभापति गगन थापाले इतिहासमा जनमत प्राप्त गरेका अन्य पार्टी दुर्घटनामा परेको र सो अवस्था राष्ट्रिय स्वतन्त्र पार्टीलाई नआओस भन्ने कामना गरेका छन् ।

आइतबार रास्वपाको महाधिवेशनमा शुभकामना दिँदै सभापति थापाले सो बताएका हुन् । ‘विगतमा ३/४ पटक यस्तै खालको जनमत नेपालका राजनीतिक दलले प्राप्त गरे तर, हरेक पटक त्यो जनमत दुर्घटनामा पर्‍यो’, उनले भने, ‘जुन राजनीतिक दलले जनमत प्राप्त गर्‍यो, त्यो राजनीतिक दलको नेताहरूको अहंकारको बीचमा टकराव भयो, अर्को जनमत प्राप्त गरिसकेपछि यो शक्तिको सीमा हुन्छ भनेर बुझिएन, जसको कारण अप्रजान्त्रिक व्यहार गर्यौँ दुर्घनामा पर्‍यो, म कामना गर्छु राष्ट्रिय स्वतन्त्र पार्टीले यी दुवै अवस्थाको सामना गर्न नपरोस ।’

थापाले रास्वपाको खुट्टा काटेर भन्दा पनि जनताको मन मस्तिस्क जितेर आफूहरू रास्वपाभन्दा अग्लो हुन चाहेको बताए ।

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ३८ बजे

भोटेकोशी बाढी : १५ देशका १८७ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका

त्रिशूली–३ए सुरुङ उद्धारमा महत्वपूर्ण प्रगति, हावा पठाउन सुरु

काठमाडौं – त्रिशूली–३ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको उद्धार कार्यमा महत्वपूर्ण

सरकार बाढी प्रभावितको साथमा छ, नतिजा नआएसम्म काम जारी रहन्छ : प्रधानमन्त्री

काठमाडाैं – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल सरकार बाढी प्रभावित नागरिकहरूका

भारतीय नागरिकद्वारा नेपाली सेनाको प्रशंसा, उद्धारका लागि जयशंकरले दिए धन्यवाद

काठमाडौं– नेपालमा आएको विनाशकारी बाढीपछि उद्धार तथा राहत कार्यमा नेपाली

तनहुँमा ड्रोनको सहयोगमा शव खोजिँदै, आज चार शव भेटिए

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि तनहुँस्थित त्रिशूली नदीमा