तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र « Khabarhub

तीन दिन पार्टीबारे सोचौँ, त्यसपछि देशको बारेमा सोचौँला : वालेन्द्र


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता वालेन्द्र शाहले जनताको मन जित्दै अघि बढ्ने बताएका छन् ।

चितवनमा आइतबारदेखि सुरू रास्वपाको पहिलो महाधिवेशनलाई सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन्।

‘मेरो राष्ट्रियताप्रति कसैले पनि आशंका गर्नुपर्ने आवश्यकता छैन। असल नेता बन्न र सही राजनीतिक आस्था बोकेर अघि बढ्न कुनै निश्चित समूह होइन, जनताको मन जित्नुपर्छ। हाम्रो अभियानमा कुनै गुट वा समूहगत स्वार्थ छैन’, उनले भने।

उनले सरकारको यही कार्यकालभित्र सुकुम्बासी समस्या समाधान गर्ने बताए । ‘सहकारी पीडितहरूको समस्या पनि टुंग्याउनेछौँ। देशका लागि आवश्यक र राम्रो काम यही पार्टीले गर्नेछ। यो पार्टीका हरेक तहका सदस्य नेतृत्व गर्न सक्षम छन्’, उनले भने ।

अहिले रास्वपाका नेता कार्यकर्ताको दायित्व पार्टी बलियो बनाउनु रहेको उनले बताए ।

‘हाम्रो मुख्य दायित्व पार्टीलाई अझ बलियो, संगठित र एकताबद्ध बनाउनु हो’, उनले भने, ‘त्यसैले आज, भोलि र पर्सि पार्टी निर्माण र सुदृढीकरणमा केन्द्रित होऔँ, त्यसपछि देश निर्माणको अभियानलाई अझ प्रभावकारी रूपमा अघि बढाऔँ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ५ : ५२ बजे

देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं – बाढी, पहिरोलगायतका विपद् तथा जनस्वास्थ्यमा पर्न सक्ने जोखिमलाई

कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य निर्वाचित

काठमाडौँ । नेपाली कांग्रेसको स्थानीय तह अधिवेशनका क्रममा काठमाडौँ महानगरपालिकाको

राष्ट्रसंघमा इरानी राष्ट्रपतिले भने : आत्मसमर्पण गर्दैनौँ

न्युयोर्क – इरानका राष्ट्रपति मसुद पेजेस्कियन संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा

भारी वर्षाको जोखिम : आवश्यकताअनुसार विद्यालय बिदा गर्न मन्त्रालयको आग्रह

काठमाडौं – शिक्षा तथा खेलकुद मन्त्रालयले भारी वर्षा तथा सम्भावित

सीको वासिङ्टन आगमनमा ट्रम्पले विमानस्थलमै स्वागत गर्ने

वाशिङ्टन – चिनियाँ राष्ट्रपति सी जिनपिङ बुधबार वासिङ्टन आइपुग्दा अमेरिकी