अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार « Khabarhub

अत्यधिक रक्तश्राव भएकी महिलाको हेलिकप्टरमार्फत उद्धार


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

किमाथाङ्का– अत्यधिक रक्तस्राव भएकी एक सुत्केरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । अत्यधिक रक्तस्राव पाँचखपन नगरपालिका–७ की २७ वर्षीया सनिता परियारको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

परियारको राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले बताए । 

आइतबार बिहान जिल्ला अस्पतालमा शल्यक्रिया गरिएकी सुत्केरी परियारलाई अत्यधिक रक्तस्राव भएपछि थप उपचारका लागि कोशी अस्पताल विराटनगर पठाइएको जिल्ला अस्पतालका प्रमुख डा सन्तोश देवले जानकारी दिए ।

 शल्यक्रिया प्रश्चात अत्यधिक रक्तस्राव भएर स्वास्थ्य अवस्था गम्भीर हुँदै गएपछि थप उपचारका लागि थापाथली प्रसूति गृह सिफारिस गरे पनि खराब मौसमका कारण विराटनगर लगिएको प्रहरीले जनाएको छ । 
 

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : ०४ बजे

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी

पशु चौपायमा कृत्रिम गर्भाधान 

चितवन– जिल्लाका ७० हजार २०६ पशु चौपायमा कृत्रिम गर्भाधान गराइएको छ