हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन « Khabarhub

हामीसँग कालापानी र लिपुलेकको प्रमाण छ : प्रधानमन्त्री बालेन


७ असार २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले नेपालसँग कालापानी र लिपुलेकको प्रमाण भएको बताएका छन् । आइतबार चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महाधिवेशनमा बोल्दै प्रधानमन्त्री बालेनले सो बताएका हुन् ।

‘हामीले सीमाको विषयमा बोल्दा पक्कैपनि जुनसुकै देशसँग सीमाको विषयमा कुरा गर्दा उहाँहरूले पनि आफ्नो आपत्ति जनाउनुहुन्छ, आपत्ति जनाउनुभो मलाई अचम्म लाग्यो, ठिक छ ल तपाईंहरूसँग प्रमाण छ भने ल्याउनुस, हामीसँग त प्रमाण छ, हामीसँग कालापानी लिपुलेकको प्रमाण छ’, उनले भने ।

साथै, प्रधानमन्त्री बालेनले आफूहरूले सीमाको विषयमा ब्रिटिसलाई मध्यस्थताको रूपमा ल्याउन नखोजेको पनि बताए । ‘त्यो प्रमाण लिनलाई पहिला ब्रिटिसले राज गर्दाखेरीको प्रमाण ल्याउनपर्छ भने ल्याउँछौँ भनेका हौँ, हामीले ब्रिटिसलाई मध्यस्थकर्ता राख्न खोजेका होइनौँ’, उनले भने, ‘हामी हाम्रो छिमेकीहरूसँग आफैँ कुरा गरेर मिलाउँछौँ, हामीसँग प्रमाण छ र हामी ल्याउँछौँ ।’

प्रकाशित मिति : ७ असार २०८३, आइतबार  ६ : १७ बजे

पत्रकार किलम्बूलाई ‘हरिलाल–श्रीलक्ष्मी स्मृति’ पत्रकारिता पुरस्कार

भक्तपुर– यस वर्षको ‘हरिलाल–श्रीलक्ष्मी स्मृति पत्रकारिता पुरस्कार’ कान्तिपुर टेलिभिजनका पत्रकार

हरिशयनी एकादशीका अवसरमा बूढानीलकण्ठमा भक्तजनको भीड (तस्बिरहरू)

काठमाडौँ– प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको

एक वर्षमा एक लाख २७ हजार बढी चिठीपत्र तथा हुलाक सामग्री ओसारपसार

कैलाली– मोबाइल, इमेल र सामाजिक सञ्जालको बढ्दो प्रयोगले परम्परागत हुलाक

बुध्द एयरले थप्यो एटीआर–७२–६०० विमान, कम भिजिबिलिटीमै उडान भर्न सक्ने

काठमाडौँ– बुध्द एयरले एटीआर–७२–६०० विमान भित्र्याएको छ । कम्पनीले जारी

रास्वपाद्वारा सांसद पौडेलमाथि भएको प्रहारको भर्त्सना

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र